दक्षिण कोरियामा विश्व स्काउट समारोह : अत्यधिक गर्मीका कारण सयौँ बिरामी
बुसान । दक्षिण कोरियाको बुसानमा जारी २५ औँ स्काउट समारोहमा गर्मीका कारण सयौँ सहभागी बिरामी परेका छन् ।
मंगलबारदेखि सुरु भएको सो कार्यक्रमको पहिलो दिन नै करिब ४ सय जना बिरामी परेका हुन् । उनीहरूको क्याम्पसाइटमा तयार गरिएको अस्थायी अस्पतालमा उपचार गरिएको छ ।
उत्तरी जिओला प्रान्तमा तापक्रम ३५ डिग्रीसम्म पुगेको छ । त्यस क्षेत्रमा तातो हावा चल्ने चेतावनी नै जारी गरिएको छ ।
वार्षिक रूपमा आयोजना हुने यस समारोहलाई विश्वकै सबैभन्दा ठुलो यूथ क्याम्प पनि भनिन्छ । यस वर्ष करिब ४३ हजार स्काउट कार्यक्रममा सहभागी छन् ।
समारोहमा १४ देखि १८ वर्ष उमेर समूहका स्काउटहरू सहभागी हुन्छन् । यसमा बियर ग्रिलजस्ता सेलिब्रेटी पनि सहभागी भएका छन् ।
एक अधिकारीका अनुसार बिरामी भएका धेरैमा टाउको दुख्ने, रिंगटा लाग्ने र वाकवाक लाग्नेजस्ता समस्या देखिएका छन् । बिरामी भएका धेरै जसो उपचारपछि क्याम्पमा फर्किसकेका छन् ।
विशेष गरेर अमेरिका, बेलायत र बंगलादेशका स्काउटहरू प्रभावित भएको स्थानीय मिडियाहरूले जानकारी दिएका छन् ।
दक्षिण कोरियाका आन्तरिक मामिला मन्त्री ली साङ मिनले कार्यक्रमका आयोजकलाई बिरामीको सङ्ख्यालाई ध्यानमा राखेर कार्यक्रमको तालिका समायोजन गर्न सुझाव दिएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका महासचिव चोई चाङ–हेइङले ३९ जनाको उपचार अझै जारी रहेको जानकारी दिएका छन् ।
यस सम्मेलनमा नेपालबाट सहभागीहरू दक्षिण कोरिया पुगेका छन् ।–बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण