शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा विश्व स्काउट समारोह : अत्यधिक गर्मीका कारण सयौँ बिरामी

बिहीबार, १८ साउन २०८०, १४ : ४९
बिहीबार, १८ साउन २०८०

बुसान । दक्षिण कोरियाको बुसानमा जारी २५ औँ स्काउट समारोहमा गर्मीका कारण सयौँ सहभागी बिरामी परेका छन् । 

मंगलबारदेखि सुरु भएको सो कार्यक्रमको पहिलो दिन नै करिब ४ सय जना बिरामी परेका हुन् । उनीहरूको क्याम्पसाइटमा तयार गरिएको अस्थायी अस्पतालमा उपचार गरिएको छ ।

उत्तरी जिओला प्रान्तमा तापक्रम ३५ डिग्रीसम्म पुगेको छ । त्यस क्षेत्रमा तातो हावा चल्ने चेतावनी नै जारी गरिएको छ । 

वार्षिक रूपमा आयोजना हुने यस समारोहलाई विश्वकै सबैभन्दा ठुलो यूथ क्याम्प पनि भनिन्छ । यस वर्ष करिब ४३ हजार स्काउट कार्यक्रममा सहभागी छन् ।

समारोहमा १४ देखि १८ वर्ष उमेर समूहका स्काउटहरू सहभागी हुन्छन् । यसमा बियर ग्रिलजस्ता सेलिब्रेटी पनि सहभागी भएका छन् ।

एक अधिकारीका अनुसार बिरामी भएका धेरैमा टाउको दुख्ने, रिंगटा लाग्ने र वाकवाक लाग्नेजस्ता समस्या देखिएका छन् । बिरामी भएका धेरै जसो उपचारपछि क्याम्पमा फर्किसकेका छन् । 

विशेष गरेर अमेरिका, बेलायत र बंगलादेशका स्काउटहरू प्रभावित भएको स्थानीय मिडियाहरूले जानकारी दिएका छन् । 

दक्षिण कोरियाका आन्तरिक मामिला मन्त्री ली साङ मिनले कार्यक्रमका आयोजकलाई बिरामीको सङ्ख्यालाई ध्यानमा राखेर कार्यक्रमको तालिका समायोजन गर्न सुझाव दिएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका महासचिव चोई चाङ–हेइङले ३९ जनाको उपचार अझै जारी रहेको जानकारी दिएका छन् । 

यस सम्मेलनमा नेपालबाट सहभागीहरू दक्षिण कोरिया पुगेका छन् ।–बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप