सरकारले नचाहेको भए यो सुन पनि समातिँदैन थियो : प्रवक्ता शर्मा
काठमाडौँ । सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नचाहेको भए भन्सार पास भएर बाहिरिएको तस्करीको सुन समात्न नसकिने बताएकी छन् ।
बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री समेत रहेकी शर्माले सरकार सुन तस्करीको छानबिनमा सरकार दृढतापूर्वक उभिएको दाबी गरिन् ।
‘यो विषयमा सरकार दृढतापूर्वक उभिइसकेको छ । सरकारले नचाहेको भए सम्भवतः यो सुन पनि समातिने थिएन । त्यसैले सरकारले नै छानबिन गरिरहेको अवस्थामा र सरकारको शक्तिशाली निकाय राजश्व अनुसन्धान विभाग हो । त्यो विभागले आफ्ना काम र प्रक्रिया अघि बढाइरहेको छ’, मन्त्री शर्माले भनिन्, ‘तस्करीको रुट कजसम्म हामी पुग्छौ भनेर कमिटमेन्टसहित नेतृत्व लागिरहेको छ ।’
मन्त्री शर्माले सरकार र राजनीतिक नेतृत्व यस्तो प्रतिबद्धतासहित लागेका बेलामा प्रतिपक्षले भनेजस्तो फेरि अर्को छानबिन समिति बनाउँदा विषयान्तर हुनसक्ने बताइन् ।
मन्त्री शर्माले सुन तस्करीबारे निष्पक्ष छानबिन हुँदैन कि भन्ने आशंका गरीजस्तै परिस्थिति बने अर्को छानबिन समिति जहिले पनि बनाउन सकिने पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण