शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले नचाहेको भए यो सुन पनि समातिँदैन थियो : प्रवक्ता शर्मा

बिहीबार, १८ साउन २०८०, १५ : ०६
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नचाहेको भए भन्सार पास भएर बाहिरिएको तस्करीको सुन समात्न नसकिने बताएकी छन् । 

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री समेत रहेकी शर्माले सरकार सुन तस्करीको छानबिनमा सरकार दृढतापूर्वक उभिएको दाबी गरिन् ।

‘यो विषयमा सरकार दृढतापूर्वक उभिइसकेको छ । सरकारले नचाहेको भए सम्भवतः यो सुन पनि समातिने थिएन । त्यसैले सरकारले नै छानबिन गरिरहेको अवस्थामा र सरकारको शक्तिशाली निकाय राजश्व अनुसन्धान विभाग हो । त्यो विभागले आफ्ना काम र प्रक्रिया अघि बढाइरहेको छ’, मन्त्री शर्माले भनिन्, ‘तस्करीको रुट कजसम्म हामी पुग्छौ भनेर कमिटमेन्टसहित नेतृत्व लागिरहेको छ ।’ 

मन्त्री शर्माले सरकार र राजनीतिक नेतृत्व यस्तो प्रतिबद्धतासहित लागेका बेलामा प्रतिपक्षले भनेजस्तो फेरि अर्को छानबिन समिति बनाउँदा विषयान्तर हुनसक्ने बताइन् । 

मन्त्री शर्माले सुन तस्करीबारे निष्पक्ष छानबिन हुँदैन कि भन्ने आशंका गरीजस्तै परिस्थिति बने अर्को छानबिन समिति जहिले पनि बनाउन सकिने पनि बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप