नेता तथा कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेकोमा नेसपाको आपत्ति
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टाराईले कानुन व्यवसायी भगवती पाण्डे पक्राउ प्रकरणमा प्रहरीले नेसपाका नेता तथा कार्यकर्तालाई पक्राउ गरी चरम यातना दिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।
भट्टराईले बिहीबार एक विज्ञप्ति जारी गर्दै पाण्डेलाई पक्राउ गर्न माग गरेका केन्द्रीय सदस्य दिलमाया मोक्तानलगायत नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकोमा आपत्ति जनाएका हुन् ।
‘शान्तिपूर्ण रूपले प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई अनावश्यक बल प्रयोग गरी दर्जनौँलाई घाइते बनाउनु, उल्टै घाइतेहरूलाई पक्राउ गर्नु र पक्राउपछि प्रहरी कार्यालयभित्र लगेर निर्घात कुटपिट गर्नु लोकतन्त्रको उपहास हो । प्रहरी, प्रशासनको यस्तो पञ्चायती शैलीको घोर भर्त्सना गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।
तामाङ र मगरलगायतका जाति, समुदायको संस्कारलाई लिएर पाण्डेले विवादास्पद अभिव्यक्ति दिने कानुन व्यवसायी भगवती पाण्डेलाई पक्राउ गर्न अदालतले आदेश जारी गरेको थियो । बुधबार पाण्डेलाई पक्राउ गर्नुपर्ने माग राख्नै उनीहरू जिल्ला प्रहरी परिसर टेकुमा घेराउ गर्न गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण