सामाखुसीबाट खोलाले बगाएर बेपत्ता बालकको शव १० दिनपछि दक्षिणकालीमा फेला
बिहीबार, १८ साउन २०८०, १९ : ३२
काठमाडौँ । राजधानीको सामाखुसीबाट खोलाले बगाएर बेपत्ता भएका बालकको शव १० दिनपछि फेला परेको छ । बालक १३ वर्षीय साजन मगरको शव दक्षिणकाली नगरपालिका वडा नम्बर ७ को बागमती किनारमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिए ।
साउन ७ गते सामाखुसीमा खोलाले बगाउँदा पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत साजन बेपत्ता भएका थिए ।
फुटसल खेल्न जाँदै गरेका साजन पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका हुन् । उनको खोजीमा प्रहरी परिचालन गरिएपनि फेला पर्न सकेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
-
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
-
सुनसरी घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण