भ्रष्टाचार मुद्दामा आफ्ना नेताहरुलाई बचाउने सरकारको प्रपञ्च : एमाले नेता ज्ञवाली
बुटवल । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न भ्रष्टाचारका काण्डमा वर्तमान सरकारले आफ्ना नेताहरुलाई जोगाउने प्रपञ्च गरिरहेको आरोप लगाएका छन् ।
स्वर्गीय नेता जीवराज आश्रितको ८० औं जन्मजयन्तीको अवसरमा बिहीबार बुटवलमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले सो अभिव्यक्ति दिएका हुन् ।
पछिल्लो समय चर्चामा रहेको सुन काण्डमा आफ्ना नेताहरुको नाम जोडिएर आउँदा पनि सरकारले उनीहरुलाई बचाउने प्रयास गरेको आरोप ज्ञवालीले लगाए । यसैकारण एमालेले भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग अघि बढाएको उनले प्रस्ट पारे ।
नेता ज्ञवालीले भ्रष्टाचारसम्बन्धी मुद्दाहरूमा वर्तमान सरकारले देखाएको प्रवृत्तिमाथि टिप्पणी सरकारले गरिरहेको छानबिनप्रति शंका व्यक्त गरे ।
ज्ञवालीले नेपालको असंलग्न राष्ट्रको नीतिलाई कुल्चेर एक पक्षलाई मात्रै काखी च्याप्ने सरकारको प्रवृत्तिले मुलुकमा सुरक्षा चुनौतीसमेत थपिएको जिकिर गरे ।
दक्षिण एसियमा शक्ति राष्ट्रहरुको उदय हुँदै जानु र युरोपियन मुलुक तथा सर्वशक्तिमान् मानिएको अमेरिकाको प्रभाव कम हुँदै जाँदा शक्ति संघर्षले त्यसको नकारात्मक प्रभाव नेपालमा पनि पर्ने बताए ।
कार्यक्रममा डा. मुरारी पराजुलीले प्रस्तुत गरेको ‘प्रगतिशील संस्कृतिको निर्माणमा जीवराज आश्रितको दृष्टिकोण’ विषयक अवधारणापत्र प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण