शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार मुद्दामा आफ्ना नेताहरुलाई बचाउने सरकारको प्रपञ्च : एमाले नेता ज्ञवाली

बिहीबार, १८ साउन २०८०, १९ : ३५
बिहीबार, १८ साउन २०८०

बुटवल । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न भ्रष्टाचारका काण्डमा वर्तमान सरकारले आफ्ना नेताहरुलाई जोगाउने प्रपञ्च गरिरहेको आरोप लगाएका छन् ।

स्वर्गीय नेता जीवराज आश्रितको ८० औं जन्मजयन्तीको अवसरमा बिहीबार बुटवलमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले सो अभिव्यक्ति दिएका हुन् । 

पछिल्लो समय चर्चामा रहेको सुन काण्डमा आफ्ना नेताहरुको नाम जोडिएर आउँदा पनि सरकारले उनीहरुलाई बचाउने प्रयास गरेको आरोप ज्ञवालीले लगाए । यसैकारण एमालेले भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग अघि बढाएको उनले प्रस्ट पारे । 

नेता ज्ञवालीले भ्रष्टाचारसम्बन्धी मुद्दाहरूमा वर्तमान सरकारले देखाएको प्रवृत्तिमाथि टिप्पणी सरकारले गरिरहेको छानबिनप्रति शंका व्यक्त  गरे ।

ज्ञवालीले नेपालको असंलग्न राष्ट्रको नीतिलाई कुल्चेर एक पक्षलाई मात्रै काखी च्याप्ने सरकारको प्रवृत्तिले मुलुकमा सुरक्षा चुनौतीसमेत थपिएको जिकिर गरे ।

दक्षिण एसियमा शक्ति राष्ट्रहरुको उदय हुँदै जानु र युरोपियन मुलुक तथा सर्वशक्तिमान् मानिएको अमेरिकाको प्रभाव कम हुँदै जाँदा शक्ति संघर्षले त्यसको नकारात्मक प्रभाव नेपालमा पनि पर्ने बताए । 

कार्यक्रममा डा. मुरारी पराजुलीले प्रस्तुत गरेको ‘प्रगतिशील संस्कृतिको निर्माणमा जीवराज आश्रितको दृष्टिकोण’ विषयक अवधारणापत्र प्रस्तुत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप