शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयले गर्‍यो काठमाडौँ उपत्यकाका आठ वटा अस्पतालको अनुगमन

बिहीबार, १८ साउन २०८०, २० : १०
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका आठ वटा अस्पतालहरुको अनुगमन गरेको छ ।  

स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौँका चार, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो । 

मन्त्रालयका अनुसार काठमाडौँको कान्ती बाल अस्पताल, मनमोहन मेमोरीयल अस्पताल, नेपाल मेडिकल कलेज र शंकरापुर अस्पताल, ललितपुर क्षेत्रको मेडिसिटी अस्पताल र अल्का अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पतालको अनुगमन गरिएको हो ।

नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालको  अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीले अस्पतालहरुमा नागरिक वडापत्र लागू हुनुपर्ने बताए । उनले अस्पतालले बिरामीहरुको निःशुल्क उपचार दिनुपर्ने पनि बताए ।

अनुगमनमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव, सहसचिव, उपसचिव लगायतको सहभागिता रहेको थियो । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौँका फार्मेसीहरुको अनुगमन गरेको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप