लमजुङमा जुवा खालमा प्रहरी अप्रेसन, साँढे चार लाख सहित २२ जुवाडे पक्राउ

लमजुङ । लमजुङ प्रहरीले बिहीबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २२ जनालाई पक्राउ गरेको छ ।
बेसीसरहबाट खटिएको प्रहरी अप्रेसन टोलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लो पामचोक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट करिब साँढे ४ लाख रुपैयाँसहित कौडा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा छिमेकी जिल्ला गोरखाका र केही लमजुङका रहेका छन् । उनीहरूको पहिचान गर्न मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
विशेष सुराकको आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएको थियो । जुवाडेले प्रयोग गर्ने गरेको सेतो गाडीको प्रहरीले केही समयदेखि फलोअप गरिरहेको स्रोतले बतायो।
घटनाबारे विस्तृत विवरण प्रहरीले दिएको छैन । प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र मुचुल्का उठाउने कार्य भइरहेका बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको बजेट पारित गर्न गण्डकीमा मन्त्रिपरिषद् बैठक सुरू
-
दुई बुँदे ‘कच्चा सहमति’पछि माओवादी रक्षात्मक, चौतर्फी आलोचना
-
कर्णालीको बजेट मन्त्रिपरिषद्बाट पारित
-
नजर प्रदेशतिर : बजेट घोषणा गर्न तम्तयार
-
भिजिट भिसा र अग्नि सापकोटाको मुद्दाबारे वर्षमानको प्रस्टीकरण : लेनदेन गरेको छैन, गलेको पनि छैन
-
गण्डकी प्रदेश : ८ वर्षमा ८ वटा बजेट, बढ्नुपर्ने आकार बर्सेनि घट्दो