कांग्रेसले गर्यो दिनेश कोइरालाको कारबाही फुकुवा, असोज २ को बैठकमा सहभागी हुने
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालामाथिको कारबाही फुकुवा गरेको छ ।
गत मंसिरमा सम्पन्न आम चुनावमा चितवन–३ मा पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिएपछि कोइराला पार्टीबाट स्वतः निष्कासनमा परेका थिए ।
कांग्रेस नेतृत्वको गठबन्धनबाट चितवन– ३ मा माओवादी केन्द्रका भोजराज अधिकारी उम्मेदवारभन्दा कोइरालाले विद्रोह गरेका थिए ।
स्वतन्त्र उम्मेदवारी दिएका कोइरालालाई नेकपा एमालेले पनि समर्थन गरेको थियो । तर, कोइराला राप्रपाका विक्रम पाण्डेसँग पराजित भए । चुनावताका कोइराला एमाले प्रवेश गर्ने चर्चा थियो । कोइराला भने कांग्रेसकै राजनीतिक गतिविधिमा फर्किए ।
वैशाख १० मा भएको उपनिर्वाचनमा कोइरालाले चितवन–२ मा पार्टीका उम्मेदवार जीतनारायण श्रेष्ठको पक्षमा खेलेर लागेका थिए । सोही क्रममा उनले पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिएर गल्ती भएको स्वीकार गर्दै कांग्रेस अनुशासन समितिमा पत्र पठाएका थिए । अनुशासन समितिले त्यसपछि कोइरालाको कारबाही फुकुवा गरेको बुझिएको छ । कोइरालाका साथै चितवन पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भिमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलको कारबाही पनि फुकुवा गरेको अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले बताए ।
उनले भने, ‘केन्द्रीय सदस्य दिनेश कोइरालासहित तीन जनाको कारबाही फुकुवा भइसकेको छ । मेरो प्रतिवेदनमा उहाँको नाम थियो । बैठकले अनुमोदन गरिसकेपछि कारबाही फुकुवा भइसक्यो ।’
बैठकमा खुला रुपमा भन्न नचाहेको भन्दै लिखित रुपमा कोइरालाको कारबाही फुकुवा भएको ढुंगानाले बताए । ‘अब दिनेश कोइराला पार्टीको पूर्ववत् जिम्मेवारीमा फर्किनु भयो । असोज २ गते बस्ने केन्द्रीय समिति बैठकमा उहाँ सहभागी हुन पाउनुहुन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक