यौन मनोविज्ञानमा केन्द्रित ‘जुलेबी’को ट्रेलर सार्वजनिक
काठमाडौँ । आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र यौन मनोविज्ञानमा केन्द्रित रहेको ट्रेलरले सङ्केत गर्छ ।
चलचित्रका पात्रहरूलाई रत्नपार्कले जोड्छ, चलचित्रको कथा सात जना पात्रहरूको सम्बन्धको वरिपरि घुमेको निर्देशक गणेश देव पाण्डेले बताए ।
चार जना महिला पात्रको कथा रहेको चलचित्रको निर्माता पनि महिला नै हुन्। महिलाले भोग्ने सम्बन्धको कथा नै चलचित्रले बोल्ने निर्माता आभा शर्मा नेपालले बताइन्।
कार्यकारी निर्माता नवीन भट्ट रहेको एन्थोलोजी जनरामा बनेको चलचित्र फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दीक्षितलगायतको अभिनय छ ।
विवेक खड्काको छायाङ्कन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन चलचित्रमा छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण