अरबौँ माइल टाढा रहेको भोएजरसँग टुटेको सम्पर्क नासाले कसरी पुनर्स्थापित गर्यो ?
काठमाडौँ । नासाको अन्तरिक्ष यान भोएजर–२ सँगको सम्पर्क पुनर्स्थापित भएको छ । केही दिनअघि गल्तीका कारण यानसँगको सम्पर्क टुटेको थियो ।
शुक्रबार नासाका वैज्ञानिकहरूले गल्ती सच्याएपछि भोएजर–२ पृथ्वीको सम्पर्कमा आएको छ । दुई साताअघि अरबौँ माइलको दूरीमा अन्तरिक्षको खोजी गरिरहेको भोएजर–२ ले पृथ्वीसँग सञ्चार बन्द गरेको थियो ।
वास्तवमा, नियन्त्रकहरूले यो ४६ वर्ष पुरानो अन्तरिक्ष यानलाई गलत आदेश पठाएका थिए, जसका कारण यसको एन्टेनाको दिशा पृथ्वीको अर्को तर्फ मोडियो।
बुधबार नासाको डीप स्पेस नेटवर्कले एन्टेना आफ्नो ठाउँमा फर्किने आशामा धेरै आदेशहरू पठाएको थियो। भोएजर२ को एन्टेना दुई डिग्रीले सार्न आवश्यक थियो। यानलाई सन्देश पठाउन अस्ट्रेलियामा शक्तिशाली रेडियो डिश एन्टेनाको सहयोग लिइएको थियो ।
यो कमान्डलाई भोएजर–२ पुग्न १८ घण्टाभन्दा बढी समय लागेको थियो। कमाण्ड म्यासेजले १२ अर्ब माइलको दुरी कभर गरेको र फेरि पृथ्वीमा फर्किन १८ घण्टा लाग्यो भन्ने तथ्यबाट नै यसको दूरी अनुमान गर्न सकिन्छ।
यो प्रयास सफल भयो र शुक्रबार भोएजर–२ ले फेरि डाटा पठाउन थाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण