विद्यावारिधि गर्दै मेयर बालेन, काठमाडौँ विश्वविद्यालयबाट पाए फेलोसिप
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यावारिधि (पीएचडी) गर्ने भएका छन् । मेयर शाहले काठमाडौँ विश्वविद्यालयबाट विद्यावारिधि गर्ने भएका हुन् ।
शनिबार सामाजिक सञ्जालमार्फत शाहले काठमाडौँ विश्वविद्यालयले पिएचडीका लागि फेलोसिप प्रदान गरेको जानकारी दिएका छन् । मेयर शाहले आफूले ‘पर्यटन र अर्थतन्त्रलाई प्रवद्र्धन गर्न नेवा सम्पदाको संरक्षण’ शीर्षकमा शोध गर्न लागेको समेत स्पष्ट पारेका छन् ।
उनले भनेका छन् : ‘मेरो पीएचडीको लागि फेलोशिप प्रदान गरेकोमा काठमाडौँ विश्वविद्यालयलाई धन्यवाद। साथीहरु अब ३ वर्षमा डा. बालेन । पीएचडीको लागि मेरो विषय ‘पर्यटन र अर्थतन्त्रलाई प्रवर्द्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण’ रहेको छ। ’
बालेनले काठमाडौँ विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट विद्यावारिधि गर्न आवेदन दिएका थिए । एसोसिएट प्रोफेसर डा. श्यामसुन्दर खड्काको मातहतमा रहेर उनले विद्यावारिधि (पीएचडी) गर्ने विश्वविद्यालयले जनाएको छ ।
यस्तो छ बालेनलाई काठमाडौँ विश्वविद्यालयले पठाएको पत्र :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण