रास्वपाले फिर्ता गर्यो विवादित एम्बुलेन्स
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी ‘मोबाइल क्लिनिक’का रुपमा सञ्चालन ल्याएको थियो ।
रास्वपाका सभापति रवि लामिछाने चितवन– २ बाट दोस्रो पटक विजयी भएको एकसय दिनका अवसरमा साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको थियो । लामिछानेको सचिवालयले ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि भनेर मोबाइल क्लिनिक सञ्चालनमा ल्याएको थियो । तर, एम्बुलेन्सको रङ परिवर्तन गरी नीलो बनाउनुका साथै विशेष सूचना दिने सङ्केतसमेत हटाएर एम्बुलेन्सको प्रचलित मापदण्ड र ऐनका प्रावधान मिचिएपछि विवाद भएको थियो ।
विवाद भएपछि मेडिकल कलेज भरतपुरले एम्बुलेन्स फिर्ता पठाइदिन पत्र लेखेको थियो । लामिछानेको सचिवालयका सीइओ हेमन्त बरालले भने, ‘१० वर्ष पुरानो एम्बुलेन्स चलाउन नमिल्ने रैछ । एम्बुलेन्सको नाममा दर्ता भएको गाडी अर्को कुनै पनि प्रयोजनका लागि चलाउन पाउँदैन भन्ने कुरा आयो । हामीलाई सहयोग गर्ने संस्थाले फिर्ता पठाइदिन पत्र लेखेपछि हामीले फिर्ता पठाइदिएका छौं ।’
२०६९ मा भारत सरकारले पुरानो मेडिकल कलेजलाई सहयोगस्वरूप एम्बुलेन्स दिएको थियो । २०६९ असार २६ गते नारायणी यातायात कार्यालयमा ना २ च ५६१६ नम्बरमा दर्ता भएको थियो । १० वर्ष पुरानो एम्बुलेन्स नवीकरण नगर्ने व्यवस्था पनि छ। तर, लामिछानेको सचिवालयले पाँच वर्षदेखि नवीकरणसमेत नभएको एम्बुलेन्स राष्ट्रिय एम्बुलेन्स निर्देशिकाविपरीत २०८० साउन १४ गते नवीकरण गरेर गैरकानुनी रूपमा प्रयोगमा ल्याइएको थियो ।
सेतो रङको विवरणसहित दर्ता भएको एम्बुलेन्स गैरकानुनी रूपमा रङ परिवर्तन गरी प्रयोगमा ल्याइएको थियो । अहिले एम्बुलेन्सलाई पहिलाकै रंगमा बदल्न वर्कसपमा पठाइएको बरालले बताए । बरालले भने, ‘हामीले जुन रंग परिवर्तन गरेका थियौं । त्यही रंग गर्नका लागि वर्कसप पठाइदिएका छौं । त्यसपछि त्यो फिर्ता हुन्छ ।’
उनका अनुसार नयाँ एम्बुलेन्स भाडामा लिएर आजबाटै पुनः मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ । ‘आजबाट ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स प्रयोग भएको छैन । ना ५ च १८१२ नम्बरको एम्बुलेन्स भाडामा लिएर हामीले मोबाइल क्लिनिकको सेवा आजैबाट सुरु गरिसकेका छौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण