शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको नाफा ४ अर्ब ६५ करोड, प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा

आइतबार, २१ साउन २०८०, ११ : ४४
आइतबार, २१ साउन २०८०

काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९-८० मा ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा ४ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष १०.३५ प्रतिशतले नाफा वृद्धि गरेको हो । 

आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दै २ खर्ब ७१ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले ब्याज आम्दानीबाटै १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ कमाएको छ । 

यस्तै समीक्षा अवधिमा सञ्चालन नाफाबाट ६ अर्ब ८२ करोड ७३ लाख रुपैयाँ कमाएको बैंकले जनाएको छ । 

बैंकको मुनाफा बढेसँगै यता वितरणयोग्य नाफामा वृद्धि भएको छ । अघिल्लो वर्ष ३ अर्ब ४२ करोड ७० लाख ७४ हजार रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा यो वर्ष ७.९३ प्रतिशतले बढेर ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ पुगेको छ । 

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (आरओई) १७.०७ प्रतिशत रहेको छ भने बैंकको वार्षिक प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा पुगेको छ ।  स्व–पूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २०वटै वाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । 

साथै कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जा अनुपातलाई चौथो त्रैमाससम्ममा ०.८० प्रतिशतमा सीमित राख्न सफल भएको बैंकको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप