नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, १९७ कम्पनीको मूल्य घट्यो
आइतबार, २१ साउन २०८०, १५ : १९
काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक १.८३ प्रतिशतको गिरावटपछि २०५१ अंकमा आएर रोकिएको हो ।
आज परिसूचक उच्च अंकले घट्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको मूल्य स्थिर छ । यसक्रममा आज २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको ८० लाख कित्ता सेयर किनबेच भएको छ ।
परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । गत साताको बिहीबार परिसूचक ३ अंकले बढ्दा १ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन, आजको तुलनामा न्यून हो । यस्तै, आज आईएमई लाइफको सेयर मूल्य ९.९९ प्रतिशत र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका सबै १३ वटै समूहको सूचक घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण