बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा रेल दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

आइतबार, २१ साउन २०८०, १६ : ४२
आइतबार, २१ साउन २०८०

काठमाडौँ । पाकिस्तानमा एउटा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आइतबार सिन्ध प्रान्तमा हजारा एक्सप्रेस नाम गरेको रेल लिकबाट उछिट्टिएर दुर्घटना भएको हो ।

पाकिस्तानका रेल मन्त्री साद रफीकले दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको जानकारी दिए । लाहोरमा आयोजित पत्रकार सम्मेलनमा उनले रेल दुर्घटनाको कारण यकिन हुन नसके पनि रेलको गति भने सामान्य नै रहेको पाइएको जानकारी दिए ।

दुर्घटनास्थलमा उद्धारको काम भइरहेको छ । उद्धारमा खटिएका अधिकारीहरुका अनुसार रेलको ८ वटा डिब्बा लिकबाट उछिट्टिएको छ । रेलको डिब्बामुनि केही यात्री फसेको जनाइएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप