पाकिस्तानमा रेल दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु
आइतबार, २१ साउन २०८०, १६ : ४२
काठमाडौँ । पाकिस्तानमा एउटा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आइतबार सिन्ध प्रान्तमा हजारा एक्सप्रेस नाम गरेको रेल लिकबाट उछिट्टिएर दुर्घटना भएको हो ।
पाकिस्तानका रेल मन्त्री साद रफीकले दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको जानकारी दिए । लाहोरमा आयोजित पत्रकार सम्मेलनमा उनले रेल दुर्घटनाको कारण यकिन हुन नसके पनि रेलको गति भने सामान्य नै रहेको पाइएको जानकारी दिए ।
दुर्घटनास्थलमा उद्धारको काम भइरहेको छ । उद्धारमा खटिएका अधिकारीहरुका अनुसार रेलको ८ वटा डिब्बा लिकबाट उछिट्टिएको छ । रेलको डिब्बामुनि केही यात्री फसेको जनाइएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण