शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारबीच समन्वय नहुँदा कानून कार्यान्वयनमा समस्या : सभामुख घर्ती

आइतबार, २१ साउन २०८०, १९ : १३
आइतबार, २१ साउन २०८०

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले स्थानीय सरकार र प्रदेशसभाबीच समन्वय अभावमा निर्माण भएका कानून कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।

प्रदेशसभाबाट निर्माण भएका कानून तथा स्थानीय सरकारले निर्माण गरेका कानूनहरु एक अर्कामा बाझिने गरेको उल्लेख गर्दे त्यसवाट केही कानुन लागु गर्न समस्या भएको उनको भनाई छ । 

प्रदेशसभा र स्थानीय सरकार बीचको समन्वयका लागि लुम्बिनीमा प्रदेशसभाले सञ्चालन गर्न लागेको ‘स्थानीय सरकारसँग प्रदेशसभा’ कार्यक्रमबारे बुटवलमा पत्रकारसँग छलफलका क्रममा घर्तीले उक्त धारणा राखेका हुन् । 

लुम्बिनी प्रदेशसभामा सबैभन्दा बढी कानून निर्माण भए पनि कार्यान्वयनको पाटो भने कमजोर रहेको स्वीका गर्दै उनले स्थानीय सकार र प्रदेशबीच अधिकार बाँडफाँटका विषयमा समन्वय अभावले यस्तो भएको बताए । 

कतिपय पालिकाहरुले प्रदेशसँग बाझिने कानून निर्माण गरेका, कतिपयमा कानूनै निर्माण हुन नसकेका तथा कानून निर्माण भएका स्थानीय सरकारले समेत कार्यान्वयन गर्न नसकेको अवस्था अन्त्यका लागि ‘स्थानीय सरकारसँग प्रदेशसभा’ कार्यक्रम लागू गर्न लागिएको उनको भनाई छ । 

कार्यक्रममार्फत् प्रदेशका १०९ वटै पालिका र प्रदेशसभाबीच समन्वय हुने गरी कानून निर्माण र कार्यान्वयनका विषयमा छलफल गरिनेछ । पालिका प्रमुख तथा जिल्ला समन्वय समितिलाई समेत सक्रिय बनाउने गरी संयन्त्रको निर्माण हुनेछ । 

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष मिलन गाहाले प्रदेशसभामा निर्माण भएका कानून कार्यान्वयनमा जोड दिए । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाबाटै निर्माण गरेको कानूनअनुसार गठन भएको सञ्चार प्रतिष्ठानलाई बजेट नदिएर बेवास्ता गरेको उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप