बुद्ध एयरको टिकट खरिद गर्दा आईएमई पेबाट भुक्तानी गर्न मिल्ने
आइतबार, २१ साउन २०८०, २० : ४८

काठमाडौँ । बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आईएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ । आईएमई पे र बुद्ध एयरका प्रतिनिधिबीच आइतबार सम्झौता भई सो सेवा सुरु गरिएको हो ।
सम्झौता अनुसार अब यात्रुहरूले यसरी टिकट खरिद गर्ने क्रममा आईएमई पे छनौट गरी सजिलै पैसा तिर्न सक्ने छन् भने प्रत्येक भुक्तानीमा चन्द्रागिरि केवलकारको निःशुल्क कुपन पनि प्राप्त गर्न सक्ने छन् ।
‘आईएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने, साथै आफ्ना प्रयोगकर्ताहरूको हवाई यात्राको अनुभवलाई थप सहज तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले यो सम्झौता गरिएको,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च रक्तचापसँग सम्बन्धित ५ भ्रमहरू
-
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
-
सहाना प्रधान : जुलुस निकाल्दा पक्राउ, पुष्पलालसँगै कारागार, पछि जागिरबाट निकाला
-
जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एक जनाको मृत्यु
-
घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?
-
‘अप्रेसन सिन्दुर’ पछि भारतसामु आत्मसमीक्षा र परिवर्तनको दुर्लभ अवसर