बुद्ध एयरको टिकट खरिद गर्दा आईएमई पेबाट भुक्तानी गर्न मिल्ने
आइतबार, २१ साउन २०८०, २० : ४८
काठमाडौँ । बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आईएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ । आईएमई पे र बुद्ध एयरका प्रतिनिधिबीच आइतबार सम्झौता भई सो सेवा सुरु गरिएको हो ।
सम्झौता अनुसार अब यात्रुहरूले यसरी टिकट खरिद गर्ने क्रममा आईएमई पे छनौट गरी सजिलै पैसा तिर्न सक्ने छन् भने प्रत्येक भुक्तानीमा चन्द्रागिरि केवलकारको निःशुल्क कुपन पनि प्राप्त गर्न सक्ने छन् ।
‘आईएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने, साथै आफ्ना प्रयोगकर्ताहरूको हवाई यात्राको अनुभवलाई थप सहज तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले यो सम्झौता गरिएको,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण