ग्लोबल टी२० फाइनल : सन्दीपको सर्रेमाथि दीपेन्द्रको मोन्ट्रेयाल हाबी
ब्राम्पटन । सन्दीप लामिछानेको टोली सर्रे ज्यागुअर्सलाई हराउँदै दीपेन्द्र सिंह ऐरीको टोली मोन्ट्रेयाल टाइगर्सले ग्लोबल टी२० क्यानडाको उपाधि जितेको छ । आइतबार भएको खेलमा मोन्ट्रेयाल ५ विकेटले विजयी बनेको हो ।
जीतका लागि १३१ रन पाएको मोन्ट्रेयालले अन्तिम बलमा उक्त लक्ष्य पछ्याएको थियो । २९ बलमा ३८ रन बनाउँदै शेरफेन रदरफोर्ड जीतको नायक बने । त्यस्तै, कप्तान क्रिस लिनले ३१, आन्द्रे रसलले २० तथा रिटायर्ड आउट हुनअघि ऐरीले १६ रनको योगदान दिए ।
ज्यागुअर्सका लागि सन्दीप भने विकेटविहीन बने । उनले ३ ओभर बलिङ गर्दै २० रन खर्चिए । इफ्तिकार अहदमले टोलीका लागि २ विकेट लिए ।
यसअघि, जतिन्दर सिंहले सर्वाधिक ५६ रन बनाएपछि पहिले ब्याटिङ गरेको ज्यागुअर्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३० रन बनाएको थियो । उनलाई आयान खानले २६ तथा मोहमद ह्यारिसले २३ रन बनाउँदै राम्रो साथ दिएका थिए । मोन्ट्रेयालका लागि आयान अफजल खानले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण