दोस्रो खेलमा पनि वेस्ट इन्डिजले भारतलाई हरायो, सिरिजमा २–० को अग्रता
सोमबार, २२ साउन २०८०, ०७ : ०५
वेस्ट इन्डिज । दोस्रो टी–२० खेलमा वेस्ट इन्डिजले भारतलाई २ विकेटले पराजित गरेको छ । पाँच खेलको सिरिजमा वेस्ट इन्डिजले दुई खेल जितेर अग्रता बनाएको छ ।
खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । टोलीले सात विकेट गुमाएर १५२ रन बनायो । भारतका तर्फबाट तिलक वर्माले सर्वाधिक ५१ रन बनाए भने भारतीय ब्याट्सम्यानमा इशान किशनले २७, हार्दिक पाण्ड्याले २४ र अक्षरले १४ रन बनाए ।
जवाफी ब्याटिङमा उत्रेको वेस्ट इन्डिजका लागि निकोलस पूरनले सर्वाधिक ६७ रन बनाए । भारतले दिएको लक्ष्य पछ्याउँदै वेष्ट इन्डिजको टोलीले १९ औं ओभरमा आठ विकेट गुमाएर १५५ रन बनायो र खेल जित्यो । भारतका लागि हार्दिक पाण्ड्याले ३ र यजुवेन्द्र चहलले २ विकेट लिए ।
अब भारतले सिरिजको तेस्रो खेल जित्नुपर्नेछ । यदि भारतले यो गर्न सकेन भने सिरिज वेस्ट इन्डिजको नाममा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण