सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

दोस्रो खेलमा पनि वेस्ट इन्डिजले भारतलाई हरायो, सिरिजमा २–० को अग्रता

सोमबार, २२ साउन २०८०, ०७ : ०५
सोमबार, २२ साउन २०८०

वेस्ट इन्डिज । दोस्रो टी–२० खेलमा वेस्ट इन्डिजले भारतलाई २ विकेटले पराजित गरेको छ । पाँच खेलको सिरिजमा वेस्ट इन्डिजले दुई खेल जितेर अग्रता बनाएको छ ।

खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । टोलीले सात विकेट गुमाएर १५२ रन बनायो । भारतका तर्फबाट तिलक वर्माले सर्वाधिक ५१ रन बनाए भने भारतीय ब्याट्सम्यानमा इशान किशनले २७, हार्दिक पाण्ड्याले २४ र अक्षरले १४ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रेको वेस्ट इन्डिजका लागि निकोलस पूरनले सर्वाधिक ६७ रन बनाए । भारतले दिएको लक्ष्य पछ्याउँदै वेष्ट इन्डिजको टोलीले १९ औं ओभरमा आठ विकेट गुमाएर १५५ रन बनायो र खेल जित्यो ।  भारतका लागि हार्दिक पाण्ड्याले ३ र यजुवेन्द्र चहलले २ विकेट लिए । 

अब भारतले सिरिजको तेस्रो खेल जित्नुपर्नेछ । यदि भारतले यो गर्न सकेन भने सिरिज वेस्ट इन्डिजको नाममा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप