पाँच दिनको माओवादी बैठकमा तीन लाख ६९ हजार बढी घाटा
काठमाडौँ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक व्यवस्थापनमा २१ लाख १५ हजार ५०० रुपैयाँ खर्च भएको छ । राजधानीको प्रज्ञा भवन कमलादीमा साउन (१७–२१) सम्म बसेको बैठक व्यवस्थापनका लागि उक्त रकम खर्च भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
सो आम्दानी केन्द्रीय सदस्यहरूबाट आएका प्रवेश शुल्क, लेबी लगायतबाट असुल गरिएको उनले बताए । सचिव उपाध्यायका अनुसार आम्दानी १७ लाख ४६ हजार २०० भएको छ । अपुग ३ लाख ६९ हजार ३०० पार्टीको केन्द्रीय कोषबाट व्यहोर्ने उपाध्यायले जानकारी दिए ।
कुल खर्चमध्ये हल भाडा ११ लाख ४ हजार भएको छ । बाँकी खाजा, झन्डा, ब्यानर, स्टेस्नरी, प्रवेश पास, परिचयपत्र, खाजापानी, खानामा खर्च भएको छ ।
‘पाँच दिनसम्म बसेको बैठक भाडा, रासनपानी, मञ्च व्यवस्थापनमा खर्च भएको छ’, उनले भने, ‘बाँकी रकम केन्द्रीय कार्यालयको कोषबाट व्यर्होछ ।’ योपटक माओवादीले बैठकमा प्रवेश गर्ने प्रत्येक केन्द्रीय सदस्यबाट रु. ५०० उठाएको थियो । खाना र बस्न उनीहरूले आफै व्यवस्थापन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण