पाँच दिनको माओवादी बैठकमा तीन लाख ६९ हजार बढी घाटा
_wOuEYGQOOe.jpg)
काठमाडौँ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक व्यवस्थापनमा २१ लाख १५ हजार ५०० रुपैयाँ खर्च भएको छ । राजधानीको प्रज्ञा भवन कमलादीमा साउन (१७–२१) सम्म बसेको बैठक व्यवस्थापनका लागि उक्त रकम खर्च भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
सो आम्दानी केन्द्रीय सदस्यहरूबाट आएका प्रवेश शुल्क, लेबी लगायतबाट असुल गरिएको उनले बताए । सचिव उपाध्यायका अनुसार आम्दानी १७ लाख ४६ हजार २०० भएको छ । अपुग ३ लाख ६९ हजार ३०० पार्टीको केन्द्रीय कोषबाट व्यहोर्ने उपाध्यायले जानकारी दिए ।
कुल खर्चमध्ये हल भाडा ११ लाख ४ हजार भएको छ । बाँकी खाजा, झन्डा, ब्यानर, स्टेस्नरी, प्रवेश पास, परिचयपत्र, खाजापानी, खानामा खर्च भएको छ ।
‘पाँच दिनसम्म बसेको बैठक भाडा, रासनपानी, मञ्च व्यवस्थापनमा खर्च भएको छ’, उनले भने, ‘बाँकी रकम केन्द्रीय कार्यालयको कोषबाट व्यर्होछ ।’ योपटक माओवादीले बैठकमा प्रवेश गर्ने प्रत्येक केन्द्रीय सदस्यबाट रु. ५०० उठाएको थियो । खाना र बस्न उनीहरूले आफै व्यवस्थापन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते