बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

बलात्कार प्रयासको आरोपमा स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

सोमबार, २२ साउन २०८०, १४ : ०६
सोमबार, २२ साउन २०८०

कपिलवस्तु । कपिलवस्तुमा महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेकाे आरोपमा स्वास्थ्य प्रमुखसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका– ३ बस्ने भुवन पाण्डे पक्राउ परेका हुन् ।  

उनीहरु दुवै जनालाई महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले जानकारी दिए । 

साउन १२ गते राति डिउटीमा खटिएका महिला कर्मचारीमाथि मदिरा सेवन गरी बलात्कारको प्रयास भएको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका आरोपितहरुलाई आजै म्याद थप गरि कानुनी प्रक्रिया आगाडि बढाइने प्रहरी निरीक्षक मल्लले बताए । शिवराज नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका प्रमुख पौडेललाई पक्राउ परेलगत्तै जिम्मेवारीबाट हटाइएको अस्पताल प्रशासनले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप