सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनेमा विश्वस्त छैनौँ : सांसद पन्त
काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनेमा आफूहरू विश्वस्त नभएको बताएका छन् ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरेका हुन् । उनले आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति नै विश्वास नभएको बताए । उनले प्रधानमन्त्रीको कामप्रति ढुक्क हुने अवस्था नभएको बताए ।
सांसद पन्तले राजस्व विभाग र प्रहरीको अनुसन्धानलाई जारी राखेर सुन तस्करी प्रकरणमा अर्को राजनीतिक तहको उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । उनले राजनीतिक रूपमा कडा कदम नचालेसम्म नेपालको विमानस्थलबाट सुन तस्करी नरोकिने बताए ।
सांसद पन्तले करोडौँ रुपैयाँको चलखेलमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त भएको बताए । लामालाई नियुक्त गर्ने सरकारले भ्रष्टाचारको गफ लगाउनुमात्रै भएको उनले टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण