कोरोना महामारीपछि प्रज्ञा भवनमा पहिलो गाईजात्राको तयारी
काठमाडौँ । कोरोना महामारी पछिको पहिलो गाईजात्रा प्रज्ञा भवन, कमलादीमा आयोजना हुने भएको छ । '८० सालको गाईजात्रा' नाम दिइएको यो कार्यक्रम भाद्र १३ गतेदेखि १८ गतेसम्म आयोजना हुनेछ । गाईजात्रा कार्यक्रमको आयोजक ब्राण्डवर्थ प्राली रहेको छ ।
मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल 'चिप्लेटी अङ्कल', सीता न्यौपाने, राधिका कंडेल, दीपक प्रसाद आचार्य 'काकु', प्रभात लामा, रुबिना अधिकारी लगायतका कलाकारहरुले '८० सालको गाईजात्र'मा दर्शकहरूलाई हँसाउनेछन् ।
जेसीस, लायन्स लगायतका संस्थाहरुसंगको सहकार्यमा ब्राण्डवर्थ प्रालीले उपत्यका बाहिर पनि '८० सालको गाईजात्रा' आयोजना गर्दै छ । विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने पक्का भईसकेको छ । साथै अन्य सहरमा पनि '८० सालको गाईजात्रा' आयोजना हुनेछ ।
कोरोना महामारीका दुईवटा वर्षमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन र मोटिभेसन गरेको यस प्राली यस पटक पनि रङ्गमञ्च सँगसँगै टेलिभिजनमा पनि 'डिजिटल गाईजात्रा' प्रसारण गर्नेछ । ७ एपिसोडमा प्रसारण हुने 'डिजिटल गाईजात्रा'को पोस्ट प्रोडक्सन सकेर कलाकारहरु रङ्गमञ्चमा हुने '८० सालको गाईजात्रा'को रिहर्सलमा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण