वैदेशिक रोजगारीमा गएकालाई सिटिजिन लाइफको आईडीओ बाँडफाँड
काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सिटिजन लाइफ इन्स्यारेन्सको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । सेयर निष्कासक तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले सोमबार वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ । यसअनुसार ले हुन आउने १ अर्ब १२ करोड रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर प्रिमियम मूल्यमा बिक्री हुनेछ ।
सर्वसाधारणलाई छुट्याइएको ३० प्रतिशतमध्येको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई छुट्याइएको थियो । यो सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम मूल्य थप गरेर २४४ रुपैयाँमा आवेदन खुलाइएको थियो ।
कम्पनीले असार ३१ गतेदेखि साउन १४ गतेसम्ममा सेयर बिक्री खुलाएको थियो । त्यसक्रममा १९ लाख ३० हजार ९०० कित्ता सेयरका लागि २७ हजार ६३२ जनाबाट आवेदन प्राप्त भएको थियो । यसमध्ये ४ जना आवेदकको आवेदन रद्ध भएको थियो ।
क्यापिटलले न्युनतम १० देखि ४० कित्तासम्म सेयर आवेदन गर्ने ७ हजार ८८५ आवेदकहरूलाई माग बमोजिम सेयर बाँडफाँड गरेको छ । यस्तै, ५० देखि २ हजार कित्ता सेर माग गर्नेलाई ४० कित्ताका दरले सेयर बाँडफाँड गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण