काभ्रेको छ स्थानीय तहमा डेंगु संक्रमण देखियो
काभ्रे । काभ्रेपलाञ्चोकका छ स्थानीय तहमा डेंगुको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले छ स्थानीय तहका सात जनामा डेंगु संक्रमित पुष्टि भएको जनाएको छ ।
कार्यालयका अनुसार नमोबुद्ध नगरपालिकामा एक पुरुष र एक महिलाका साथै बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर र रोशी गाउँपालिकामा एक÷एक जनामा डेंगुको संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पाँच पुरुष र दुई महिला रहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइले बताए । उनका अनुसार संक्रमित सबै विभिन्न अस्पतालमा उपचाररत छन् ।
काभ्रेपलाञ्चोकमा यसअघि छ सय ८० डेंगुबाट संक्रमित भइसकेका छन् । डेंगुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको छ ।
हाल जिल्लाका १३ वटै स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको कार्यालयले जनाएको छ । डेंगुको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार घोषणा
-
प्रधानमन्त्री र सभामुखबिच भेटवार्ता, के भयो कुराकानी ?
-
‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ को आवेदन
-
संसद् खुलाउने विषयमा प्रधानमन्त्रीसँग सभामुखको छलफल
-
‘फर्की फर्की’ युवापुस्ताको माया र आकर्षणको कथा हो – अनमोल
-
प्रचण्ड र उपेन्द्रबिचको लामो सम्बन्ध यसरी भयो घृणामा परिणत