सरकारले राष्ट्र बैंकलाई दियो ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृति
काठमाडौँ । सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले राष्ट्र बैंकलाई ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न स्वीकृति दिइएको जानकारी दिएकी हुन् । उनले अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद्ले उक्त स्वीकृति दिएको बताइन् । उनले मन्त्रीपरिषद्ले साइबर सुरक्षा नीति पनि स्वीकृत गरेको बताइन् ।
उनले भनिन्,‘अर्थ मन्त्रालयको प्रस्तावमा रु ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय भएको छ । साइबर सुरक्षा नीति स्वीकृत भएको छ । बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक संसदमा पेश गर्न स्वीकृत दिइएको छ ।’
मन्त्री शर्माले बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक संसदमा पेश गर्न पनि मन्त्री परिषद्ले स्वीकृत दिइएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण