खेलकुद
एएफसी कप छनोट : भुटानी क्लबलाई मछिन्द्रले हरायो
मङ्गलबार, २३ साउन २०८०, १९ : ५१
काठमाडौँ । एएफसी कप छनोटको प्रारम्भिक चरणमा नेपाली क्लब मछिन्द्रले भुटानी क्लब पारो एफसीलाई पराजित गरेको छ । पारो एफसीलाई ३–२ गोलले हराउँदै मच्छिन्द्र क्लब एएफसी कप छनोटको दोस्रो चरणमा पुगेको हो ।
मंगलबार दशरथ रंगशालामा भएको खेलमा भुटानले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । मच्छिन्द्रको जितमा विमल घर्तीमगर, आयुष घलान र अफिज ओलाडिपोले एक– एक गोल गरे ।
खेलको ७ औं मिनेटमा पारोका काजुओ होम्माले गोल गर्दै अग्रता लिएका थिए । तर त्यसको ५ मिनेटपछि नै विमलले बराबरी गोल फर्काए ।
यस्तै त्यसपछि १५ औं मिनेटमा घलानले र ३९ मिनेटमा ओलावाले आफिजले गोल गरे । ७१औँ मिनेटमा पारोका लागि इभान अशान्तेले एक गोल गरेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।
विजेता मछिन्द्रले आगामी अगष्ट १६ मा भारतीय क्लब मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण