बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेह रोगीका लागि निकै फाइदाजनक छ अम्बा, स्वास्थ्यलाई राख्छ तन्दुरुस्त : यस्ता छन् पाँच फाइदा

बुधबार, २४ साउन २०८०, १० : ३४
बुधबार, २४ साउन २०८०

अम्बा खाँदा जति स्वादिलो हुन्छ, त्यति नै स्वास्थ्यका लागि पनि फाइदाजनक छ । यस्तै यसमा विभिन्न पोषक तत्त्व पाइन्छन् जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ । अम्बामा फाइबर, लाइकोपिन, भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ । फाइबरले भरपुर अम्बा खाँदा पेट त सफा हुन्छ नै यसले पाचन प्रणालीलाई पनि बलियो बनाउँछ । अम्बा पेटबाहेक अन्य थुप्रै रोगमा पनि निकै लाभदायी हुन्छ । अम्बाका अन्य फाइदा यस प्रकारका छन् । 

१. प्रतिरोधी क्षमता वृद्धि गर्छ 

मेडिकल न्युज टुडेका अनुसार अम्बा पोषक तत्त्वले भरपुर फल हो । अम्बामा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । यसको सेवनले प्रतिरोधी क्षमता वृद्धि हुन्छ । अम्बा खाँदा सामान्य सङ्क्रमण र रोगबाट बच्न सकिन्छ । 

२. तौल कम गर्न फाइदाजनक

अम्बामा कम क्यालोरी हुन्छ । यसमा फाइबर पर्याप्त मात्रामा पाइन्छ । यो खाँदा भोक कम लाग्छ । यसले मेटाबोलिजमलाई पनि बुस्ट गर्छ । यो फल खाँदा तौल कम गर्न पनि मद्दत गर्छ ।

३. कोलेस्ट्रोल कम गर्छ

अम्बाको नियमित सेवनले कोलेस्ट्रोल कम हुन्छ । यसले ब्याड (खराब) कोलेस्ट्रोललाई कम गरेर मुटुलाई बलियो बनाउँछ । यदि तपाईंको पनि खराब कोलेस्ट्रोल बढी छ भने अम्बा खानुहोस् । 

४. मधुमेह नियन्त्रण गर्छ

अम्बाले मधुमेह नियन्त्रण गर्छ । यसले फाइबरको मात्रा अत्यधिक हुन्छ जसले रगतमा चिनीको स्तरलाई कम गर्न सहयोग गर्छ । यसको नियमित सेवनले मधुमेहलाई कम गर्न सकिन्छ ।

५. पाचन तन्त्र बलियो पार्छ

अम्बाको नियमित सेवनले पाचन तन्त्रलाई बलियो बनाउँछ । यसले कब्जियतबाट राहत दिलाउँछ । यो खाँदा तपाईंको पेट राम्रोसँग सफा हुन पाउँछ । अम्बा स्वास्थ्यका लागि निकै फाइदाजनक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप