नेविसंघमा समानान्तर समिति घोषणाको तयारी
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)मा असन्तुष्ट पक्षले समानान्तर केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति सदस्य थप गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर समितिको घोषणाको तयारी गरेको हो ।
सभापति देउवाले २०७८ चैत ९ गते नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए । अध्यक्ष मनोनीत गरेका १६ महिनापछि केन्द्रीय समितिमा ७ सय १० जनालाई मनोनीत गरिए पनि नेविसंघमा विवाद देखिएको हो ।
केन्द्रीय समितिमा छुटेका विद्यार्थी नेताहरूले सभापतिले ७१० जनालाई अवैधानिक रूपमा मनोनयन गरेको भन्दै आज दिउँसो पार्टी कार्यालय सानेपामा भेला बोलाएका हुन् ।
नेविसंघ नेता योगेन्द्र रावलले भने, ‘विद्यार्थीले पनि नचिन्ने, नेविसंघको विधानले पनि नचिन्ने कार्यसमिति विरुद्ध आन्दोलन हो । एक चेत भएको विद्यार्थीका लागि यो कदापि स्वीकार्य हुन सक्दैन । १२ औँ महाधिवेशन सुनिश्चित गर्न पनि हामीले विद्रोह सुरु गरेका हौँ ।’ उनकाअनुसार बुधवार दिउँसो २ बजे सानेपामा विद्यार्थी भेला हुनेछ।
नेविसंघ नेता अशोक विष्टले अन्यायमा पारिएका विद्यार्थी नेताहरूको न्यायका लागि नेविसंघमा समान्तर समिति गठन गर्न लागिएको बताए ।
‘लामो समय नेविसंघमा काम गरेका साथीहरूमाथि नेतृत्वले अन्याय गरेको छ। न्यायमा परेको साथीहरुको न्यायका लागि नेविसंघ केन्द्रीय समिति घोषणा गर्छ,’ उनले भने। आफूहरूले विधानअनुसार एक सय ५१ सदस्यीय नेविसंघ घोषणाको गृहकार्य गरिरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण