सांसद गोलभेँडा र अदुवाको माला लगाएर संसद् पुगेपछि...

भारतको आम आदमी पार्टीका सांसद सुशील गुप्ता बुधवार गोलभेँडा र अदुवाको माला लगाएर संसद् भवन पुगेका छन् । सुशील गुप्ता आम आदमी पार्टीको राज्यसभा सांसद हुन् ।
उनले आधिकारिक ट्विटर अकाउन्टमा गोलभेँडा र अदुवाको माला लगाएको आफ्नो तस्बिर पोस्ट गरेका छन् । यसका साथै उनले लेखे, ‘धेरै भयो महँगो गोलभेँडाको मार, अब पालो...’
सुशील गुप्ताले आफ्नो ट्विटर अकाउन्टमा (मंगलबार) पनि एउटा भिडियो पोस्ट गरेका थिए ।
यो भिडियोमा उनले गोलभेँडा किन्नका लागि मानिसहरूको लामो लाइन देखाए ।
संसद से 100 मीटर की दूरी पर भी टमाटर खरीदने के लिए लंबी लाइन लगी हैI
— Dr Sushil Gupta (@DrSushilKrGupta) August 8, 2023
पिछले कई दिनों से हम संसद में मोदी जी को खोज रहे हैं, लेकिन वो पता नहीं कहाँ गायब हैंI
मोदी जी का ये पुराना तरीका है, पूरे देश को लाइन में लगाकर खुद छु मंतर हो जाते हैंI pic.twitter.com/IZ466WAnI9
उनले ट्विटरमा लेखे, ‘संसद्भन्दा सय मिटर पर पनि गोलभेँडा किन्नका लागि लामो लाइन लागेको छ । पछिल्ला थुप्रै दिनदेखि हामी संसद्मा मोदी जीलाई खोजिरहेका छौँ तर उहाँ कहाँ गायब हुनुहुन्छ, थाहा छैन ।’
उनले भने, ‘देशको जनताले लामो लाइन लागेर गोलभेँडा किन्नुपर्छ । मणिपुर जलिरहेको छ, हरियाणा जलिरहेको छ र महँगीको मारमा पूरा हिन्दुस्तान जलिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमलाबारे नेपालस्थित पाकिस्तानी दूतावासलाई बुझाइयो ध्यानाकर्षणपत्र
-
नयाँ क्रान्तिका लागि तयारी अवस्थामा रहन प्रचण्डको अपिल
-
भारतको आसामलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा, आर्मीसँग उपाधि भिडन्त
-
जोखिम मोलेर यसरी काम गर्दैछन् फलामजन्य उद्योगका मजदुर
-
गृहमा मनलाग्दी : सहसचिवलाई थन्क्याएर उपसचिवलाई सीडीओ
-
सरोज र शान्तिलाको आवाजमा ‘मलाई ओके छ’ सार्वजनिक