सांसद गोलभेँडा र अदुवाको माला लगाएर संसद् पुगेपछि...
भारतको आम आदमी पार्टीका सांसद सुशील गुप्ता बुधवार गोलभेँडा र अदुवाको माला लगाएर संसद् भवन पुगेका छन् । सुशील गुप्ता आम आदमी पार्टीको राज्यसभा सांसद हुन् ।
उनले आधिकारिक ट्विटर अकाउन्टमा गोलभेँडा र अदुवाको माला लगाएको आफ्नो तस्बिर पोस्ट गरेका छन् । यसका साथै उनले लेखे, ‘धेरै भयो महँगो गोलभेँडाको मार, अब पालो...’
सुशील गुप्ताले आफ्नो ट्विटर अकाउन्टमा (मंगलबार) पनि एउटा भिडियो पोस्ट गरेका थिए ।
यो भिडियोमा उनले गोलभेँडा किन्नका लागि मानिसहरूको लामो लाइन देखाए ।
संसद से 100 मीटर की दूरी पर भी टमाटर खरीदने के लिए लंबी लाइन लगी हैI
— Dr Sushil Gupta (@DrSushilKrGupta) August 8, 2023
पिछले कई दिनों से हम संसद में मोदी जी को खोज रहे हैं, लेकिन वो पता नहीं कहाँ गायब हैंI
मोदी जी का ये पुराना तरीका है, पूरे देश को लाइन में लगाकर खुद छु मंतर हो जाते हैंI pic.twitter.com/IZ466WAnI9
उनले ट्विटरमा लेखे, ‘संसद्भन्दा सय मिटर पर पनि गोलभेँडा किन्नका लागि लामो लाइन लागेको छ । पछिल्ला थुप्रै दिनदेखि हामी संसद्मा मोदी जीलाई खोजिरहेका छौँ तर उहाँ कहाँ गायब हुनुहुन्छ, थाहा छैन ।’
उनले भने, ‘देशको जनताले लामो लाइन लागेर गोलभेँडा किन्नुपर्छ । मणिपुर जलिरहेको छ, हरियाणा जलिरहेको छ र महँगीको मारमा पूरा हिन्दुस्तान जलिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण