राजेश पायलको ‘जानु ए जानु’मा आभा र बद्रीप्रसादको रोमान्स
बुधबार, २४ साउन २०८०, १२ : ५८

काठमाडौँ । गायक राजेश पायल राईको स्वरमा रहेको नयाँ गीत ‘जानु ए जानु’ सार्वजनिक भएको छ । गीतमा विनोद पछाईको सङ्गीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज छ ।
गीतको भिडियोमा मोडल आभा थापा र बद्रीप्रसाद तिवारीको अभिनय छ । नवनारी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको भिडियोमा आभा र बद्री रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् ।
निसान घिमिरेको सम्पादन तथा निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्तम हुमागाईंको छायाङ्कन छ ।
सङ्गीतकार विनोदका सङ्गीत रहेका यसअघि ‘रात पनि दिन हुन्थ्यो’, ‘तिम्रा हजार गल्ती’, ‘औला गन्दैछु’, ‘बाटोमा हिँड्दा देखेको उनीलाई’ लगायतका गीत चलेका छन् । यो गीत पनि चल्ने आस सङ्गीतकार विनोदको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
डुप्लान्टिसले पोल भल्टमा १२ औँ पटक विश्व कीर्तिमान तोडे
-
क्लब विश्वकपमा एट्लेटिकोमाथि पीएसजीको गोलवर्षा
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
-
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण