देश बनाउन सबै दल एक ठाउँमा उभिनु पर्छ: मन्त्री किराती
विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश बनाउन सबै एक ठाउँमा उभिनु पर्ने बताएका छन् ।
बुधबार नेपाल आदिवासी जनजाति महासंघ उर्लाबारी नगर समितिले मोरङको उर्लाबारीमा आयोजना गरेको २९ औं विश्व आदिवासी दिवसको अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
भ्रष्टाचार मानव समाजको सूत्र भएको बताउँदै उनले भ्रष्टाचार अन्त्यका लागि सबै दल एक ठाउँमा उभिनु पर्ने बताए । नेपाली जनताले दिएको जनादेश अनुसार सबै मिलेर १० वर्ष समृद्ध देश बनाउन लागि पर्नु उनको भनाई छ ।
लोकतन्त्र, गणतन्त्र होस् वा संविधान निर्माणमा सबै दल मिलेर अघि बढ्दा सफलता हात पारेको स्मरण गर्दै मन्त्री किरातीले भ्रष्टाचारलाई निर्मूल बनाएर देशलाई समृद्धितर्फ अघि बढाउन आवश्यक रहेको बताए ।
‘स्वास्थ्य, शिक्षा र रोजगारीमा केन्द्रमा राखेर १० वर्ष कोही पनि प्रतिपक्षमा नबसौँ’, उनले भने, ‘ भ्रष्टाचार सबैको शत्रु हो, भ्रष्टाचार गर्नेलाई कानुनी कठघरामा ल्याउनैपर्छ ।’ ‘चुनावमा एकअर्काबीच प्रतिष्पर्धा गरौँला’ भन्दै उनले भने, ‘अहिले समृद्ध नेपाल बनाउन प्रतिपर्धा गरौं ।’
मन्त्री किरातीले राणा शासन फाल्न, पञ्चायत फाल्न र राजतन्त्र फाल्न एकजुट भएका दलहरु भ्रष्टाचारविरुद्ध पनि एकजुट भएर लाग्न जरुरी भएको बताए । नेपालमा रहेका आदिवासीका रैथाने संस्कृति, खानाको संरक्षण र प्रवर्द्धन गर्न सके विश्वका पर्यटकलाई आकर्षण गर्न सकिने उनको भनाई छ । नेपालमा परापूर्व कालदेखि पुर्खाले आर्जेको सीप संस्कृति र परिकारलाई परिष्कृत गरी पाँच तारे होटेलदेखि सर्वसाधारणसम्ममा पुर्याउन सके विश्वका पर्यटकलाई नेपालमा आकर्षित गर्न सकिने र मुलुक समृद्धि तर्फ जाने उनले बताए ।
मन्त्री किरातीले नेपालको आफ्नै मौलिक संस्कृति र सांस्कृतिक सम्पदा हुँदाहुँदै विदेशी संस्कृति र सम्पदाको नक्कल गर्नु मूर्खता भएको बताए । नेपाल संस्कृति र प्रकृतिले धनी भएकाले पर्यटनको विकासका लागि नयाँ संरचनाहरू बनाउनुभन्दा पनि विद्यमान मौलिक संस्कृति, सम्पदा र प्रकृतिको संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ छ । रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनुपर्ने उनले बताए ।
नेपाल आदिवासी जनजाति महासंघ उर्लाबारी नगर समितिका अध्यक्ष समशेर लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङ, नेपाली कांग्रेसका कोशी प्रदेश सहमहामन्त्री तथा पूर्व नगरप्रमुख खड्गबहादुर फागो, उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उपमेयर मीना पौडेल लगायतले बोलाएका थिए । कार्यक्रममा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण