जो बाइडेनलाई धम्की दिने वृद्ध मारिए
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धम्की दिने एक वृद्धलाई बुधवार एफबीआईका एजेन्टले गोली हानी हत्या गरेका छन् । बाइडेनले पश्चिमी राज्यको यात्रा गर्नु केही घण्टा अघि उनको हत्या गरिएको हो ।
साल्ट लेक सिटीको दक्षिणको प्रावो सहरमा संदिग्धको निवासमा गिरफ्तारी र अनुसन्धानको वारेन्ट दिने कोसिसको क्रममा उनी मारिएको सङ्घीय अनुसन्धान ब्युरोले पुष्टि गरेको छ ।
ब्युरोले अनुसन्धान जारी रहेको भन्दै मारिएका व्यक्तिको परिचय दिन अस्वीकार गरेको छ तर युटामा सङ्घीय अभियोजकद्वारा दर्ता गरिएको उजुरीमा उनको नाम क्रेग रोबर्टसन बताइएको थियो ।
उजुरीका अनुसार करिब ७० वर्षका रोबर्टसनले आफूलाई ‘एमएजीए ट्रम्पर’ बताउने गर्थे । उनले सोसल मिडिया पोस्टमार्फत बाइडेनलाई बारम्बार धम्की दिन्थे ।
रोबर्टसनले यस हप्ता एक पोस्टमा भनेका थिए, ‘बाइडेन युटा आइरहेका छन् भन्ने सुनेँ । एम२४ स्नाइपर राइफलबाट धुलो झारिरहेको छु । वेलकम (एसआइसी), बफुन–इन–चिफ ।’
उजुरीमा बताइए अनुसार बाइडेनबाहेक रोबर्टसनले उपराष्ट्रपति कमला ह्यारिस र अमेरिकी अटोर्नी जनरल मेरिक गारल्याण्डविरुद्ध पनि धम्की दिएका थिए । एउटा पोस्टमा उनले लेखेका थिए, ‘राष्ट्रपतिको वा यी दुई व्यक्तिको हत्याका लागि यो सही समय हो । सुरुमा जो, त्यसपछि कमला !!!’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण