मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
काठमाडौँ महानगरको एक्सन

कपनको साततले क्षेत्रमा बालेनको डोजर : स्थानीयको विरोध

बिहीबार, २५ साउन २०८०, १२ : ०५
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुढानीलकण्ठ र काठमाडौँ महानगरको सीमा क्षेत्रमा सात तले कपन क्षेत्रको खोलामाथि डोजर चलाएपछि विवाद भएको छ ।  खोलामाथि राखेको स्ल्याब हटाउन काठमाडौँ महानगरले डोजर चलाएपछि विवाद भएको हो ।

बुढानीलकण्ठ क्षेत्रमा महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेको मेयर मिठाराम अधिकारीले जानकारी दिए । 

kapan-ktm-managar-chhaphal (1)

‘महानगरले बुढानीलकण्ठ क्षेत्रको सात तलेमा डोजर चलाएपछि विवाद भएको हो । स्थानीयले डोजर चलाउन अवरोध गरेका हुन्’, मेयर अधिकारीले भने, ‘विवादपछि अहिले हामी छलफल गरिरहेका छौँ ।’

स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबीच झडप समेत भएको स्थानीयले बताएका छन् ।  उक्त क्षेत्रमा सानो पानी पर्दा समेत डुबान हुने गरेको छ । खोलाको तलतर्फ ह्युम पाइप राखिएको छ । जसमा खोला साँघुरिएपछि सानो पानी पर्दासमेत आसपासका बासिन्दा डुबानको समस्या बेहोर्न बाध्य छन् । तस्बिर : कृष्ण खड्का/रातोपाटी

kapan-ktm-managar-chhaphal (2)kapan-ktm-managar-chhaphal (3)kapan-ktm-managar-chhaphal (5)kapan-ktm-managar-chhaphal (6)kapan-ktm-managar-chhaphal (7)kapan-ktm-managar-chhaphal (8)kapan-ktm-managar-chhaphal (9)kapan-ktm-managar-chhaphal (10)kapan-ktm-managar-chhaphal (11)kapan-ktm-managar-chhaphal (12)kapan-ktm-managar-chhaphal (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप