बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सुनिल शर्मा पक्राउ प्रकरण

सांसद सुनील शर्मा पक्राउको जानकारी सभामुखलाई छैन : सचिवालय

बिहीबार, २५ साउन २०८०, १७ : १७
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालयले सांसद सुनील शर्मा पक्राउ बारे सभामुखलाई जानकारी भइनसकेको जनाएको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार पक्राउ गरेका कांग्रेस सांसद शर्माबारे प्रहरीले सभामुख घिमिरेलाई जानकारी गराइसकेको छैन । सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले अहिलेसम्म सभामुखसमक्ष जानकारी नआएको बताएका छन् । 

उनले भनेका छन्–‘धेरै साथीहरुले इन्क्वावयरी गरिरहनुभएको छ, माननीय सुनील शर्मा पक्राउबारे । सम्माननीयज्यूलाई अहिलेसम्म माननीय पक्राउको जानकारी छैन ।’ नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा फौजदारी कसुरमा कुनै सांसद पक्राउ परेमा पक्राउ पर्ने वित्तिकै त्यससम्बन्धी जानकारी सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त जानकारी दिनुपर्ने प्रावधान रहेको छ ।  

प्रतिनिधिसभा नियमावली २०७९  को नियम २४८ अनुसार संविधानको धारा ३ अनुसार कुनै सदस्य पक्राउ परेको सूचना प्राप्त भएपछि सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने प्रावधान रहेको छ ।  सोही नियमको उपनियम ३ मा कानुन बमोजिम ३ वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहेमा वा फरार रहेमा निलम्बन गरिने व्यवस्था रहेको छ ।  
  
संविधानको धारा १०३ को उपधारा ६ मा भनिएको छ– ‘संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन । तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप