राष्ट्रपति-प्रधानमन्त्रीबीच भेट, के- के विषयमा भए छलफल ?
बिहीबार, २५ साउन २०८०, २० : ५७
काठमाडौँ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका छन् । भेटमा उनीहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्री साँझ नियमित भेटघाटका क्रममा राष्ट्रपति कार्यालय आएको उनको भनाइ छ । भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिसमक्ष विश्व खाद्य कार्यक्रमबारे ब्रिफिङसमेत गरेका थिए ।
प्रधानमन्त्री दाहाल यही साउनको पहिलो साता इटालीमा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालयले आयोजना गरेको कार्यक्रम सहभागी भइ फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण