ओर्जिनल शिक्षा ऐनको ठाउँमा केही डुप्लिकेशन भेटियो, सच्याएर संसदमा जान्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओर्जिनल शिक्षा ऐनको ठाउँमा केही डुप्लिकेशन विषय पनि भेटिएको बताएका छन् । मन्त्रिपरिषद्बाट शिक्षा ऐन पारित गर्ने क्रममा यस्तो फेला परेको भन्दै उनले यसलाई सच्याएर संसदमा पेश गरिने बताए ।
‘संघीय शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाँती थियो, त्यसलाई अन्तिम रुप दिइँदै छ र मैले अस्तिको दिन मात्रै क्याबिनेटमा शिक्षा ऐनलाई पारित गर्ने सन्दर्भमा त्यसको ओर्जिनल शिक्षा ऐनको ठाउँमा केही डुप्लिकेशन आएको देखेपछि त्यसलाई रोकेर त्यसलाई सच्याएर मात्रै सदनमा पेस गर्न भनेर सच्याउने प्रक्रिया शुरु भएको छ,’ शुक्रवार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन उनले भने ।
केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौति सामना गर्न सरकार लागिपरेको पनि प्रचण्डको भनाइ छ । उनले नयाँ संकल्पसहित नयाँ प्रतिवद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्नेकुरामा ध्यान केन्द्रित रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण