तीन बुँदे सहमतिपछि कपनमा चल्यो डोजर
काठमाडौँ । कपनमा डोजर चलाउने विषयमा सरोकारवाला निकायबीच तीन बुँदे सहमति भएको छ । सहमतिसँग काठमाडौँ महानगरपालिकाले कपनमा डोजर चलाएको छ ।
नापी कार्यालय चाबहिलमा शुक्रबार बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ तथा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ र ७ को सीमा यकिन गरी नापनक्सा गर्ने सम्बन्धमा छलफल भएको थियो । सो क्रममा वडा ६ र ७ का वडा अध्यक्ष र बूढानीलकण्ड नगरपालिका १० र १२ का वडा अध्यक्षबीच धोबी खोलादेखि साततल्ले सम्मको खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने सहमति भएको छ ।
यस्तै धोबिखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो र साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौँ महानगरपालिकाले पुल निर्माण गर्ने सहमति भएको छ ।
यस्तै साततल्ले चोकदेखि माथि बूडानीलकण्ड नगरपालिका १० र १२ तथा काठमाडौँ महानगरपालिका ६ मा नक्सा पुर्जा अनुसारको जग्गा छुट्याई बाँकी भएको जग्गा खहरे कायम गरी रेखांकन छुट्याउने सहमति भएको छ ।
सोही सहमतिपछि महानगरपालिकाले कपनमा डोजर चलाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण