तस्बिरमा हेर्नुहोस् यो वर्षको उल्का वर्षा
आइतबार, २८ साउन २०८०, ११ : ४१
काठमाडौँ । वार्षिक रूपमा हुने पेरसिड उल्का वर्षाले विश्वभरका आकाश चम्काएको छ । ‘तारा खसेको’ झल्को लिन उत्साहितहरूले त्यो अवसर प्राप्त गरेका छन् ।
हाम्रो पृथ्वी १०९पी/स्वीफ्ट–टटल नामको उल्कापिण्डले छाडेको भग्नावेशसँग ठोक्किन पुग्छ । यो बेला एक घण्टामा १०० वटासम्म उल्का वर्षा हुन्छ ।
यो घटना हरेक वर्ष जुलाई र अगस्टमा हुने गर्दछ । यो वर्ष यो शनिबार राति र आइतबार बिहानको समयमा उत्कर्षमा थियो ।
बालुवा वा मटरको दानाजत्रो सानो आकारसम्मका हुने ती उल्काहरू पृथ्वीको वायुमण्डलमा २ लाख १५ हजार किलोमिटर प्रति घण्टाको गतिमा प्रवेश गर्छन् । तर यी पृथ्वीका लागि कुनै खतरा भने हुँदैनन् ।
यसलाई सबैभन्दा राम्रो खगोलीय गतिविधि मानिन्छ किनभने यतिबेला सबैभन्दा चम्किलो उल्काहरू बन्छन् र सबैभन्दा सक्रिय पनि हुन्छन् ।
हेरौँ विश्वभर खिचिएका यो उल्का वर्षाका तस्बिरहरू







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण