‘फ्यूल ट्यांक’मा समस्या देखिएपछि टोयोटाले फिर्ता बोलायो १ लाख ६८ हजार कार
एजेन्सी । आफ्ना उत्पादनमा समस्या देखिएपछि जापानी कार निर्माता टोयोटाले १ लाख ६८ हजार वटा कार फिर्ता बोलाएको छ । टोयोटाले प्लास्टिकबाट बनेको ‘फ्यूल ट्यांक’ मा समस्या देखिएपछि एकैपटक ठूलो मात्रामा अमेरिकाबाट कार फिर्ता बोलाएको हो ।
समाचार संस्था सीएनएनका अनुसार टोयोटाले सन् २०२२ र २०२३ को मोडल मुन्द्रा फिर्ता बोलाएको छ । खासगमा प्लास्टिकबाट बनाइएको फ्यूल ट्यांकमा लिक देखिएपछि मर्मतका लागि कम्पनीले फिर्ता बोलाइएको जनाइएको छ ।
लिकको समस्या भएको ट्युब कम्पनीले निःशूल्क परिवर्तन गर्नेछ । फ्यूल ट्यांकमा देखिएको समस्याले सवारीमा आगलागीको जोखिम हुने भएकाले मर्मतका लागि फिर्ता बोलाइएको कम्पनीले जनाएको छ । यस्तै, आफ्ना डिलरहरुलाई कम्पनीले विनाशूल्क ट्यूब परिवर्तन गर्नका लागि भनिसकेको छ ।
टोयोटाको यो हाइब्रिड कारमा यसअघि ‘इलेक्ट्रोनिक ब्रेक’ प्रणालीमा समस्या आएको थियो । सो समयमा पनि कम्पनीले कारलाई फिर्ता बोलाएको थियो । यसपटक फिर्ता बोलाइएको कार संख्या भने सन् २०२३ मा सबैभन्दा ठूलो हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण