पहिरो पन्छाएसँगै सञ्चालनमा आयो त्रिभुवन राजपथ
हेटौँडा । पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथ सडक खण्ड सञ्चालनमा आएको छ । सडक खण्डमा खसेको पहिरो पन्छाएसँगै सो सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार आइतबारदेखि परेको अविरल वर्षका कारण खसेको पहिरोले अवरुद्ध भएको थियो । त्रिभुवन राजपथको अन्तर्गत भीमफेदी गाउँपालिका–९ लामिडाँडामा ढुंगासहितको पहिरो खसेको थियो । सो स्थानमा सडकको माथिल्लो भागबाट खसेका ढुङ्गाहरू सडक डिभिजन कार्यालय हेटौँडासँगको समन्वयमा जेसिवी प्रयोग गरी पन्छाएर यातायात सेवा संचालनमा ल्याइएको थियो ।
पहिरो पन्छाएसँगै हेटौँडा पालुङ काठमाडौँका यातायात सेवा सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
हेटौँडा काठमाडौँ जोड्ने अन्य २ मार्ग भने पहिरोका कारण अझै बन्द नै छ । पहिरोका कारण कुलेखानी सिस्नेरी सडक र कान्ति लोक पथ बन्द रहेको छ ।
पहिरोका कारण भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्ड बन्द रहेको छ । वर्षाका कारण इन्द्र सरोवर गाउँपालिका–२ मा सडकको माथिल्लो भागबाट खसेको पहिरोका कारण सो सडक खण्ड बन्द भएको र वर्षा भइरहेकाले पहिरो पन्छाउने सकिएका छैन ।
यता कान्ति लोकपथ अन्तर्गतको ललितपुरको भट्टेडाँडा नजिक खसेको पहिरो हटाउन सकिएको छैन । सो सडक खण्ड अन्तर्गत पर्ने बागमती गाउँपालिका–३ टाकुर्चे र पाङ्दुर खोलामा पहिरो खसेको र अहिले पनि वर्षा भइरहेकाले पहिरो खस्न नरोकिएकाले सडक संचालनमा ल्याउन सकिएको छेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीविरुद्ध साउन १ गतेदेखि अनलाइनबाटै उजुरी दिन सकिने : मन्त्री रायमाझी
-
सेमिफाइनलमा बेलोन डी’ओर विजेताहरूः फेरि इतिहास रच्ने दाउमा
-
बागमती प्रदेश सरकारद्वारा समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
-
वर्तमान शासन संरचनामा असान्दर्भिक देखिएका कानुनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक: अर्थमन्त्री
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा सांसदहरूको सुझाव : ‘अभौतिक’ हटाएर ‘अमूर्त’ वा ‘मौलिक’ राखौँ
-
बेवारिसे गाडी प्रकरणको निष्पक्ष छानबिन गर्न जनार्दन शर्माको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण