सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरो पन्छाएसँगै सञ्चालनमा आयो त्रिभुवन राजपथ

आइतबार, २८ साउन २०८०, १७ : ०४
आइतबार, २८ साउन २०८०

हेटौँडा । पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथ सडक खण्ड सञ्चालनमा आएको छ । सडक खण्डमा खसेको पहिरो पन्छाएसँगै सो सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबारदेखि परेको अविरल वर्षका कारण खसेको पहिरोले अवरुद्ध भएको थियो । त्रिभुवन राजपथको अन्तर्गत भीमफेदी गाउँपालिका–९ लामिडाँडामा ढुंगासहितको पहिरो खसेको थियो । सो स्थानमा सडकको माथिल्लो भागबाट खसेका ढुङ्गाहरू सडक डिभिजन कार्यालय हेटौँडासँगको समन्वयमा जेसिवी प्रयोग गरी पन्छाएर यातायात सेवा संचालनमा ल्याइएको थियो ।

पहिरो पन्छाएसँगै हेटौँडा पालुङ काठमाडौँका यातायात सेवा सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

हेटौँडा काठमाडौँ जोड्ने अन्य २ मार्ग भने पहिरोका कारण अझै बन्द नै छ । पहिरोका कारण कुलेखानी सिस्नेरी सडक र कान्ति लोक पथ बन्द रहेको छ ।

पहिरोका कारण भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्ड बन्द रहेको छ । वर्षाका कारण इन्द्र सरोवर गाउँपालिका–२ मा सडकको माथिल्लो भागबाट खसेको पहिरोका कारण सो सडक खण्ड बन्द भएको र वर्षा भइरहेकाले पहिरो पन्छाउने सकिएका छैन ।

यता कान्ति लोकपथ अन्तर्गतको ललितपुरको भट्टेडाँडा नजिक खसेको पहिरो हटाउन सकिएको छैन । सो सडक खण्ड अन्तर्गत पर्ने बागमती गाउँपालिका–३ टाकुर्चे र पाङ्दुर खोलामा पहिरो खसेको र अहिले पनि वर्षा भइरहेकाले पहिरो खस्न नरोकिएकाले सडक संचालनमा ल्याउन सकिएको छेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप