बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मोरङमा भारतीय नागरिकको मृत्यु

आइतबार, २८ साउन २०८०, १९ : १७
आइतबार, २८ साउन २०८०

विराटनगर । एक जना भारतीय नागरिकको मोरङको सुन्दरहरैँचा नगरपालिका १२ मा मृत्यु भएको छ । 

भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको मृत्यु भएको अवस्थामा शव भेटिएको हो । खानको शव पैनीमा डुबेको अवस्थामा आइतबार दिउँसो साढे १२ बजेतिर फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।

खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको र शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । खान इटहरीमा एक उद्योगमा भाँडावर्तन बनाउने काम गर्थे । घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । ‘घटना शंकास्पद देखिएको छ,’ उनले भने, ‘अहिले अनुसन्धान सुरु भएको छ ।’ घटनाको विस्तृत विवरण भने अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए । 

प्रहरीको अनुसार खान चार जना साथीसँग शनिबार सुन्दरहरैचा आएको बुझिएको छ । उनको साथी पनि उनीजस्तै भाँडावर्तन बनाउने काम गर्दै आएका थिए । प्रहरीले मृतक खानको साथीलाई नियन्त्रणमा लिएको छ । उनको साथीलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान सुरु गरेको एसपी पोखरेलले बताए । ‘खानसँग आएका दुई जना साथी सम्र्पकबीहन रहेका छन्,’ उनले भने, ‘अन्य दुई जना साथीको पनि खोजी कार्य गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप