मोरङमा भारतीय नागरिकको मृत्यु
विराटनगर । एक जना भारतीय नागरिकको मोरङको सुन्दरहरैँचा नगरपालिका १२ मा मृत्यु भएको छ ।
भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको मृत्यु भएको अवस्थामा शव भेटिएको हो । खानको शव पैनीमा डुबेको अवस्थामा आइतबार दिउँसो साढे १२ बजेतिर फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।
खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको र शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । खान इटहरीमा एक उद्योगमा भाँडावर्तन बनाउने काम गर्थे । घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । ‘घटना शंकास्पद देखिएको छ,’ उनले भने, ‘अहिले अनुसन्धान सुरु भएको छ ।’ घटनाको विस्तृत विवरण भने अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए ।
प्रहरीको अनुसार खान चार जना साथीसँग शनिबार सुन्दरहरैचा आएको बुझिएको छ । उनको साथी पनि उनीजस्तै भाँडावर्तन बनाउने काम गर्दै आएका थिए । प्रहरीले मृतक खानको साथीलाई नियन्त्रणमा लिएको छ । उनको साथीलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान सुरु गरेको एसपी पोखरेलले बताए । ‘खानसँग आएका दुई जना साथी सम्र्पकबीहन रहेका छन्,’ उनले भने, ‘अन्य दुई जना साथीको पनि खोजी कार्य गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण