एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक भदौ ३ गतेसम्मका लागि स्थगित
काठमाडौँ । सुन तस्करीको छानविनका लागि उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै नेकपा एमालेले सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पारेको छ । बैठक कार्यसूचीमै प्रवेश नगरी भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ ।
बैठक सुरु हुनासाथ एमाले सांसदहरु आसनबाट उठेर विरोध गरेका थिए । एमाले सांसद उठिरहेकै बेला कांग्रेस सांसद सुनीलकुमार शर्मा पनि आसनबाट उठे । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद शर्मालाई आफ्ना कुरा छोटकरीमा राख्न समय दिए ।
सांसद शर्माले आफूले सुन तस्करीका नाइकेलाई पक्राउ गर्नुपर्छ भनेर बोलेपछि आफुलाई सरकारले पक्राउ गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागे । शर्मा बोलिसकेपछि सभामुखले एमाले सांसद मानबहादुर राईलाई बोल्न दिए । राई बोल्न लाग्दा माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका हितराज पाण्डेले शर्माको अभिव्यक्तिप्रति आपत्ति
जनाउदै संसदको रेकर्डबाट हटाउन माग गरे । राई बोलिसकेपछि सभामुखले बैठकलाई कार्यसूची अनुसार अघि बढाउने तरखर गरेपछि एमाले सांसदहरु नाराबाजीमा उत्रिए । उनीहरुलाई आसन ग्रहण गर्न सभामुखले पटक पटक आग्रह गरेपनि नसुनेपछि र नाराबाजी नरोकिएपछि सभामुख घिमिरेले भदौ ३ गते सम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।
नेकपा एमालेले गत साउन १० गतेदेखि नियमित रुपमा सदन अवरोध गर्दै आएको छ । उसले तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र र न्यायीक छानविन समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण