‘आतंककारी’ भन्दै सुनील शर्माले फेरि मागे गृहमन्त्रीको राजीनामा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्माले फेरि पनि गृहमन्त्रीको राजीनामा मागेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले सो कुरा बताएका हुन् ।
‘यो राज्यसत्ताले मुलुकका सुन तस्करका नाइकेहरूको राजीनामा मागेपछि मलाई गिरफ्तार गरियो । यो देशका प्रधानमन्त्री र गृहमन्त्री आतंकाकरीको नेतृत्व गर्नुहुन्छ कि कसको ?’, शर्माले भने, ‘यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन र राजीनामा माग्न पाइँदैन भने अनि जनताको अवस्था के हुन्छ ?’
साथै उनले अहिलेको गृहमन्त्रीले विनाशर्त राजीनामा गर्नुपर्ने भन्दै आफू अन्तिमसम्म यही माग अघि सार्ने भन्दै यदि गृहमन्त्रीले राजीनामा नगरे संसदमै अनसन बस्ने घोषणा गरे । शर्मा बोलिसकेपछि सभामुख देवराज घिमिरेले एमालेका मानबहादुर राईलाई बोल्न समय दिए ।
राई बोल्दै गर्दा माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका हितराज पाण्डेले शर्माले गृहमन्त्री र प्रधानमन्त्रीलाई आतंककारी भनेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन माग गर्दै आपत्ति जनाए । तर सभामुखले पाण्डेले नियमापत्ति भन्दा पनि प्रतिवाद गरेको भन्दै राईलाई निरन्तर बोल्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण