नेप्सेमा सामान्य गिरावट, २ अर्बको कारोबार
काठमाडौँ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । कारोबार समयमा बढेर २०९३ अंकसम्म पुगेपनि अन्तिममा ओरालो लाग्दै ३.६१ अंकको गिरावटसँगै बन्द भएको हो ।
०.१७ प्रतिशतले गिरावटसँगै २०७७ अंकमा पुगेर परिसूचक रोकिएको छ । यसक्रममा ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर कायम भएको छ ।
आज सामान्य अंकले परिसूचक घट्दा २ अर्ब ९ करोड रुपैयाँ बराबरको ५४ लाख १७ लाख कित्ता सेयर किनबेच भएको छ । आज थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य समेत ९.९७ प्रतिशतले बढेको छ ।
आज बैंक समूहको सूचक ६.८७ अंकले र विकास बैंक समूहको सूचक १.१३ अंकले बढेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक ३७ अंकले र लघुवित्त समूहको सूचक १४ अंकले बढेको छ । यस्तै, म्यूचुअल फण्ड समूहको सूचक ०.०८ अंकले बढेको छ ।
यसबाहेक, आज निर्जीवन बीमा समूहको सूचक १०६ अंकले र होटल र टुरिजम समूहको सूचक ९२ अंकले घट्दा जलविद्युत समूहको ३६ अंकले घटेको छ । यस्तै, व्यापार समूहको सूचक ४१ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण