कालीगण्डकी उर्लेपछि शालिग्राम शिला डुबानमा
पर्वत । केही दिनदेखि निरन्तर परेको वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको संगमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको उक्त शालिग्राम शिला डुबानमा परेको हो ।
कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुबानमा परेको स्थानीय तिलक पराजुलीले बताए । उनका अनुसार शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित भएका छन् ।
प्रवित्र मानिने शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत संरचना डुबाएको बताउँदै पराजुलीले शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबियनसमेत पुरिएपछि शिला दर्शन गर्न जाने सबै पूर्वाधारमा पूर्णरुपमा क्षति पुगेको जानकारी दिए ।
मुस्ताङको कागवेनीमा ठूलो क्षति पुर्याएको कालीगण्डकी आइतबार रातिदेखि यसवर्षकै उच्च बहाबमा बगेको स्थानीयवासीले बताएका छन् । कतिबेला घरसम्मै आएर डुबाउने हो भन्ने चिन्ताले आइतबार रातभर जाग्राम बसेको स्थानीय रवि भट्टराईले बताए । कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणी बजार डुबानको खतरामा पर्ने गरेको उनको भनाइ थियो ।
कालीगण्डकी र सेतीखोलाको बहाव बढेर डुबानमा पर्ने चिन्ताले पर्वत र स्याङ्जातर्फका बजार क्षेत्रका झण्डै दुई सय व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन् । चौध वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए ।
विसं २०६६ असोज २१ मा बजार क्षेत्र डुबानमा परेको घटनाले सधैँ त्रास थप्ने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए । उनले विश्वकै ठुलो शालिग्राम शिला डुबे पनि पानी बजारसम्म आइनसकेको जानकारी दिए ।
अहिले पानीको बहाव उच्च बढेको इलाका प्रहरी कार्यालय हुवासले जनाएको छ । बजार क्षेत्रसँगै जोडिएको मन्दिरको सत्तल मुनिको सिँढीसम्म बहाव आइपुगे पनि बजारवासीलाई भने खतरा नभएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण