बेलायती राजा चार्ल्सले सेप्टेम्बरमा फ्रान्सको भ्रमण गर्ने
पेरिस । फ्रान्समा हिंसात्मक प्रदर्शनका कारण पूर्व निर्धारित भ्रमण रद्द भएको छ महिनापछि आगामी सेप्टेम्बरमा बेलायतका राजा चार्ल्स तृतीयले फ्रान्सको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने फ्रान्सको एक पत्रिकाले जनाएको छ ।
पेन्सन सुधारको विरोधमा फ्रान्समा भएको जनप्रदर्शन चर्केपछि फ्रान्स र बेलायतबीचको सम्बन्धमा आएको सुधारलाई उजागर गर्ने उद्देश्यले तय गरिएको यो यात्रा मार्चमा अन्तिम समयमा स्थगित गरिएको थियो ।
क्षेत्रीय दैनिक सुद–ओएस्टले बेलायतका राजा चाल्र्सको भ्रमण अब सेप्टेम्बरमा हुनेछ । राजा चार्ल्स र रानी कन्सोर्ट क्यामिलाले पूर्व योजना अनुसार दक्षिण–पश्चिम पेरिस र बोर्डोको भ्रमण गर्नेछन् ।
उनीहरू सम्भवतः सेप्टेम्बर २० देखि २२ सम्म आफ्नो राजकीय भ्रमणमा फ्रान्स आउने उक्त पत्रिकाले जनाएको छ ।
एएफपीले राष्ट्रपति इमानुएल म्याक्रोँको कार्यालयलाई सम्पर्क गर्दा उक्त रिपोर्टबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
गत मार्चमा म्याक्रोँले विवादास्पद कार्यकारी शक्तिको प्रयोग गरी संसदबाट पेन्सन सुधार योजना पारित गराएपछि अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्याइएको थियो । फ्रान्समा यो कानुनलाई लिएर चर्को विवाद भएको थियो ।
मार्चमा विरोध प्रदर्शनहरू हिंस्रक भएपछि र हप्तौं लामो हडतालले फ्रान्सेली जन जीवनलाई अस्तव्यस्त बनाएपछि म्याक्रोँको अनुरोधमा राजा चाल्र्सले भ्रमण रद्द गर्ने निर्णय गरेका थिए ।
एलिसी प्यालेसले भनेको छ, “राष्ट्रपतिले महामहिम राजा चाल्र्स तृतीयलाई हाम्रो मैत्रीपूर्ण सम्बन्ध झल्कने परिस्थितिमा स्वागत गर्न चाहेका छन् ।”-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण