कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धी विधेयक संसदमा पेश
सुर्खेत । कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले सोमबार प्रदेश सभाको ३० औँ बैठकमा विधेयक पेश गरेका हुन् ।
मन्त्री जिसीले प्रदेशमा शान्ति सुरक्षा कायम, अपराधको अनुसन्धान, रोकथाम र नियन्त्रण गर्न विधेय ल्याएको बताए । संविधान प्रदत्त मौलिक हक, मानवअधिकारको संरक्षण तथा सम्बद्र्धन र नागरिक स्वतन्त्रताको रक्षा गर्न प्रदेश प्रहरीको गठन, सञ्चालन सुपरिवेक्षण, समन्वय, व्यवस्थापन र नियमनका लागि कानुनी व्यवस्था गर्न आवश्यक भएकोले संसदमा पेश गरेका बताए ।
विधेयक सभाबाट पारित भई प्रदेश प्रमुखद्वारा प्रमाणित भएमा कर्णाली प्रदेशको आफ्नै प्रहरी सम्बन्धी ऐन बन्नेछ ।
ऐन बनेको खण्डमा मन्त्रालय अन्तर्गत एक प्रदेश प्रहरी संगठन रहने छ । अब प्रदेशसभा बैठकको अर्को बैठक मंगलबार ३ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण