बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धी विधेयक संसदमा पेश

सोमबार, २९ साउन २०८०, १८ : ३८
सोमबार, २९ साउन २०८०

सुर्खेत । कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले सोमबार प्रदेश सभाको ३० औँ बैठकमा विधेयक पेश गरेका हुन् । 

मन्त्री जिसीले प्रदेशमा शान्ति सुरक्षा कायम, अपराधको अनुसन्धान, रोकथाम र नियन्त्रण गर्न विधेय ल्याएको बताए । संविधान प्रदत्त मौलिक हक, मानवअधिकारको संरक्षण तथा सम्बद्र्धन र नागरिक स्वतन्त्रताको रक्षा गर्न प्रदेश प्रहरीको गठन, सञ्चालन सुपरिवेक्षण, समन्वय, व्यवस्थापन र नियमनका लागि कानुनी व्यवस्था गर्न आवश्यक भएकोले संसदमा पेश गरेका बताए ।  

विधेयक सभाबाट पारित भई प्रदेश प्रमुखद्वारा प्रमाणित भएमा कर्णाली प्रदेशको आफ्नै प्रहरी सम्बन्धी ऐन बन्नेछ ।

ऐन बनेको खण्डमा मन्त्रालय अन्तर्गत एक प्रदेश प्रहरी संगठन रहने छ । अब प्रदेशसभा बैठकको अर्को बैठक मंगलबार ३ बजे बस्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप