र्यापर साकारको म्याजिक तीन देशको युट्युब ट्रेन्डिङमा
_MiCy7IYoww.jpg)
काठमाडौँ । ‘लिटिल बुद्ध’का रुपमा परिचित नेपाली र्यापर तथा गायक साकारको नयाँ गीत ‘म्याजिक’को भिडियो यतिबेला नेपाल, अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा रहन सफल भएको छ ।
८८ सेभेज गड फिचर्ड भिडियो केही दिन अगाडि सार्वजनिक भएको थियो । ८८ सेभेज गड अमेरिकाको न्यू हेम्पशायरमा बस्दै आएका कलाकार हुन् ।
साकारका अनुसार भिडियो नेपालमा ट्रेन्डिङ ५ मा, अष्ट्रेलियामा १४ मा र युएईमा १३ मा छ । ५ दिन अगाडि रिलिज भएको भिडियाले नेपालमा ६ लाख बढी भिउज पाएको छ । साकारको एल्बम ‘इक्स्टेसी इन द प्यालेस’मा समेटिएको पछिल्लो म्यूजिक भिडियो ‘नो पिस इन लभ’को सफलतापछि ‘म्याजिक’ सार्वजनिक गरेका हुन् ।
‘नो पिस इन लभ’ पनि नेपालको युट्युब ट्रेन्डिङमा १ नम्बरमा, अष्ट्रेलियामा ६ नम्बरमा र युएईमा ४ नम्बरमा रहन सफल भएको थियो ।
साकारले ‘म्याजिक’ झण्डै एक वर्षको मेहनतपछि बजारमा ल्याएको बताए । ‘मैले यसअघिको गीतभन्दा फरक संगीतमा म्याजिक ल्याएको छु । यो गीतमा दर्शकले र्याप, आरएण्डबी र रेट्रो डान्स म्युजिक सुन्न सक्नुहुनेछ’, उनले भने, ‘गीतमा प्रयोग गरिएको कोरस पनि आकर्षक सुनिन्छ । यो गीतलाई दर्शकले अझ बढी रुचाउनु हुनेछ भन्नेमा आशावादी छु ।’
एनएफटीपी टिमले यो भिडियो निर्माण गरेको हो । भिडियोमा टीमकै निर्देशन, सम्पादन र भीएफएक्स छ । भिडियोमा कलाकारहरुले ब्रह्माण्डको यात्रा गर्दै गरेको र अचम्मले भरिपूर्ण काल्पनिक संसारमा एलियनले भ्रमण गर्दै गरेको देखाइएको छ । साकारले आगामी सेप्टेम्बरबाट विभिन्न मुलुकमा सांगीतिक कार्यक्रम गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता
-
जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर
-
विकासबारे ‘जेन–जी’को बुझाइ र अपेक्षा कस्तो छ ?