र्यापर साकारको म्याजिक तीन देशको युट्युब ट्रेन्डिङमा
काठमाडौँ । ‘लिटिल बुद्ध’का रुपमा परिचित नेपाली र्यापर तथा गायक साकारको नयाँ गीत ‘म्याजिक’को भिडियो यतिबेला नेपाल, अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा रहन सफल भएको छ ।
८८ सेभेज गड फिचर्ड भिडियो केही दिन अगाडि सार्वजनिक भएको थियो । ८८ सेभेज गड अमेरिकाको न्यू हेम्पशायरमा बस्दै आएका कलाकार हुन् ।
साकारका अनुसार भिडियो नेपालमा ट्रेन्डिङ ५ मा, अष्ट्रेलियामा १४ मा र युएईमा १३ मा छ । ५ दिन अगाडि रिलिज भएको भिडियाले नेपालमा ६ लाख बढी भिउज पाएको छ । साकारको एल्बम ‘इक्स्टेसी इन द प्यालेस’मा समेटिएको पछिल्लो म्यूजिक भिडियो ‘नो पिस इन लभ’को सफलतापछि ‘म्याजिक’ सार्वजनिक गरेका हुन् ।
‘नो पिस इन लभ’ पनि नेपालको युट्युब ट्रेन्डिङमा १ नम्बरमा, अष्ट्रेलियामा ६ नम्बरमा र युएईमा ४ नम्बरमा रहन सफल भएको थियो ।
साकारले ‘म्याजिक’ झण्डै एक वर्षको मेहनतपछि बजारमा ल्याएको बताए । ‘मैले यसअघिको गीतभन्दा फरक संगीतमा म्याजिक ल्याएको छु । यो गीतमा दर्शकले र्याप, आरएण्डबी र रेट्रो डान्स म्युजिक सुन्न सक्नुहुनेछ’, उनले भने, ‘गीतमा प्रयोग गरिएको कोरस पनि आकर्षक सुनिन्छ । यो गीतलाई दर्शकले अझ बढी रुचाउनु हुनेछ भन्नेमा आशावादी छु ।’
एनएफटीपी टिमले यो भिडियो निर्माण गरेको हो । भिडियोमा टीमकै निर्देशन, सम्पादन र भीएफएक्स छ । भिडियोमा कलाकारहरुले ब्रह्माण्डको यात्रा गर्दै गरेको र अचम्मले भरिपूर्ण काल्पनिक संसारमा एलियनले भ्रमण गर्दै गरेको देखाइएको छ । साकारले आगामी सेप्टेम्बरबाट विभिन्न मुलुकमा सांगीतिक कार्यक्रम गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण