स्थापित र यादव एमालेबाट बिदा, मणिलाई स्पष्टीकरण !
काठमाडौँ । नेकपा एमालेले दुई जना नेतालाई पार्टीबाट बिदा गरेको छ । त्यस्तै एक जना स्थायी कमिटी सदस्यलाई केही दिनमै हटाउने एमालेको तयारी गरेको छ ।
सोमबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले पूर्वमन्त्री र प्रदेश सभा सदस्य समेत रहेका केशव स्थापित र केन्द्रीय सदस्य प्रमोदनारायण यादव (सिराहा)लाई पार्टीबाट हटाएको हो ।
स्थापित २०७९ को निर्वाचनमा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए । स्थापित र यादवले पार्टीमा सक्रिय हुन नसक्ने मौखिक जानकारी दिएपछि उनीहरूलाई पार्टीले बिदा गरेको उपाध्यक्ष सुवास नेम्वाङले बताए । पार्टीमा रहेर पनि सक्रिय नहुने नेताहरूलाई क्रमशः हटाउँदै जाने नीति अनुसार दुई जना नेतालाई सोमबारको सचिवालय बैठकले निर्णय गरेर हटाएको हो ।
त्यस्तै पूर्वमन्त्री समेत रहेका माओवादी पृष्ठभूमिका स्थायी कमिटी सदस्य मणि थापालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एमालेका एक नेताले जानकारी दिए । ‘लामो समयदेखि पार्टी कमिटीमा रहेर पनि कुनै पनि काममा नलाग्नेहरुलाई छाँट्दै जाने नीति पार्टीको छ । सोही अनुसार सक्रिय हुन नसक्नेहरूलाई बिदा दिने निर्णय भएको हो’, एमालेका एक पदाधिकारीको भनाइ छ ।
ती पदाधिकारीका अनुसार स्थायी कमिटी सदस्य थापाको हकमा एकपटक स्पष्टीकरण सोधेपछि निर्णयमा पुग्ने निर्णय सचिवालयले गरेको छ ।
सचिवालय बैठकले २ जना नेतालाई केन्द्रीय कमिटीबाट बिदा गरेर अरू दुईजना केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा थप्ने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण